
अत्तरियाः गोदावरी नगरपालिका–७ मा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ समिति लालपुर र अत्तरिया हस्पिटल प्रा. लि. बीच उपचार सेवामा छुट दिने सम्झौता सम्पन्न भएको छ। सम्झौतामा हस्पिटलका प्रशासन प्रमुख डिल्लीराज पाठक र समितिका अध्यक्ष दिर्घ बहादुर साउदले हस्ताक्षर गरेका छन्।


हस्पिटलका प्रशासकिय प्रमुख पाठकका अनुसार प्रयोगशाला, बेड चार्ज (General, ICU, NICU & Cabin), TMT, ABP, HOLTER लगायतका सेवामा अधिकतम २० प्रतिशतसम्म छुट प्रदान गरिनेछ। त्यस्तै ECHO र Endoscopy सेवामा १५ प्रतिशत, CT Scan र OT सेवामा १० प्रतिशत तथा फार्मेसीमा ७.५ प्रतिशत छुट उपलब्ध हुनेछ।
वरिष्ठ नागरिक तथा नियमित OPD सेवाग्राहीहरूले आइतबारदेखि शुक्रबारसम्म ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ।
समितिका अध्यक्ष साउदले स्थानीय उपभोक्तालाई सहज र सस्तो उपचारको पहुँच दिलाउने उद्देश्यले सम्झौता गरिएको बताए।
अत्तरिया अस्पतालले यो अभियानलाई सामुदायिक स्वास्थ्य सेवा विस्तारतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।

































