धनगढी उपमहानगरपालिकाले यस वर्ष १५० जना एकल महिलालाई मुक्तिनाथ दर्शन यात्रामा पठाएको छ। वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत शुक्रबार नगर प्रमुख गोपाल हमालसहित जनप्रतिनिधि र कर्मचारीहरूले सहभागी महिलाहरूलाई बिदाइ गरे।

आर्थिक वर्ष २०७९/८० देखि सुरु गरिएको मुक्तिनाथ दर्शन यात्रामा यस वर्ष पहिलो पटक एकल महिलाहरूका लागि छुट्टै यात्रा आयोजना गरिएको हो। यसअघि उपमहानगरले पहिलो वर्ष १३१ जना, दोस्रो वर्ष १४० जना र तेस्रो वर्ष १३१ जना गरी हालसम्म ५५२ नगरवासीलाई दर्शन गराइसकेको छ।

उपमहानगरले यात्राका क्रममा पोखरा, बागलुङ, म्याग्दी, चितवन, तनहुँको देवघाट र नवलपरासीको शाश्वत धामलगायतका धार्मिक स्थलहरूको पनि दर्शन गराउने व्यवस्था गरेको छ। नगर प्रमुख हमालले सामाजिक समावेशिता र आस्था पर्यटन प्रवर्द्धनका लागि यस्तो कार्यक्रम निरन्तर सञ्चालन गरिने बताए।