
अत्तरियाः भाद्र २३–२४ गतेको जेनजी आन्दोलनमा क्षतिग्रस्त भएको गोदावरी नगरपालिकाको पुनर्निर्माणका लागि सञ्चालन भइरहेको “मेरो पालिका, म आफैं बनाउँछु” अभियानमा सहयोग पुर्याउने सबै संघ–संस्था, विद्यालय, सहकारी संस्था र स्थानीयवासीप्रति नगरपालिकाले हार्दिक आभार व्यक्त गरेको छ।


गोदावरी नगरपालिकालाई शुक्रबार अत्तरिया शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले दुई थान कम्प्युटर र दुई थान कलर प्रिन्टर उपलब्ध गराएकोहो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले हालसम्म सहयोग गर्ने सबै दातालाई धन्यवाद व्यक्त गर्दै, यस कठिन परिस्थितिमा देखाइएको एकता र सहयोगले नगर पुनर्निर्माणमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा अत्तरिया शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष शेरबहादुर बिष्ट, खानेपानीका कर्मचारीहरू र अन्य प्रतिनिधिहरू उपस्थित थिए। यसरी समाजका सबै तहबाट जुटाइएको सहयोगले गोदावरी नगरपालिकालाई द्रुत र दिगो रूपमा पुनर्निर्माण गर्ने मार्ग प्रशस्त गर्नेछ।
































