कैलाली उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी

Image
Nisarga Hospital

अत्तरिया : कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान १० बजेदेखि मतदान सुरु भएको छ। ५१औं साधारण सभासँगै नयाँ कार्यसमिति गठनका लागि दुई समूहबीच प्रतिस्पर्धा भइरहेको छ।

CP Hospital Dhangadhi

एक समूहको नेतृत्व पुष्कर ओझाले गरेका छन् भने अर्को समूह रुपेश स्वाँरको नेतृत्वमा रहेको छ। यसपटक वरिष्ठ उपाध्यक्ष पदमा सुरेन्द्र राठी र सचिव पदमा कोपिला कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रमुख मतदान अधिकृत लोकबहादुर बिष्टका अनुसार मतदान साँझ ५ बजेसम्म चल्नेछ।

Attariya Hospital

संघको नयाँ कार्यसमिति चयनका लागि दुई हजार ३३५ मतदाताले मतदान गर्ने व्यवस्था गरिएको छ। मतदान सकिएलगत्तै मतगणना शुरू हुने बताइएको छ।

nawajiwan