MPDS द्घारा भजनीका बाढी प्रभावित जनतालाई आत्मसुरक्षा तालिम शुरु

Image

बिपद टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मसुरक्षा सम्बन्धि ३ दिने तालिम भजनी नगरपालिकामा शुरु भएको छ ।

भजनी नगरपालिकाको समन्वय, Kerk in actie को आर्थिक सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेल्धुरा द्घारा संचालित बाढी तथा पहिरोबाट प्रभावित जनताका लागि आपतकालीन अवस्थामा सहयोग गर्न पूर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा स्थानीय समुदाय र टास्कफोर्सको ज्ञान सीप र क्षमता अभिवृद्धि गरी टास्कफोर्सलाई परिचालन गर्ने उद्घेश्यले उक्त तालिम अायोजना गरिएको हो ।

nawajiwan
Attariya Hospital

३ दिने उक्त तालिमको सहजीकरण प्रशिक्षक रतन टमट्टा र चन्द्र साउँदले सहजीकरण गरिरहेका छन । तालिमको एक कार्यक्रमका बिच भजनी नगरपालिका प्रमुख केबल चौधरी ले उद्घघाटन गरेका थिए । तालिम उद्घाटन कार्यक्रममा नगर प्रमुख केबल चौधरीले बिपदको क्षेत्रमा MPDS संस्थाले गरेका कामहरुको प्रशंसा गर्दे तालिमबाट स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरणमा टेवा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

तालिममा भजनी नगरपालिकाका बिपद टास्कफोर्स, समुदायका अगुवा र जनप्रतिनिधि गरी २५ जनाको सहभागीता रहेको छ ।
तालिम उद्घघाटन समारोहमा भजनी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिलाल रेग्मी,वडा सदस्य राजेश चौधरी,वडा सदस्य हैरानी देबी डगौरा लगायतको सहभागीता रहेको थियोे ।

बहुउद्देश्यीय बिकास समाज डडेल्धुराका परियोजना संयोजक शिबराज पाठकको अध्यक्षतामा सम्पन्न उक्त परियोजना र तालिमको उद्घेश्य बारेमा संस्थाका डिआआर टेक्निकल एक्सपोर्ट राजेन्द्र रैका ले प्रकाश पारेका थिए ।