कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी भएका छन् । रुपेश स्वाँरलाई ६१ मतले पराजित गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । ओझाले ९५० मत पाए भने स्वाँरले ८८९ मत पाए । ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् । यस्तै स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष विजयी भएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन् । उनी ओझा प्यानलका ओम बिष्टलाई पराजित गर्दै विजयी भएका हुन् । यस्तै उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा पनि ओझा प्यानलकै गगनराज केसी र वस्तुगत उपाध्यक्षमा ओझा प्यानलकै भीमराज ओझा अब्बु विजयी भएका छन् ।


संघको महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन् । उनले सुरेश पाण्डेलाई पराजित गरे । यस्तै, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्दको विजयी भएका छन् । दुबै उम्मेदवार स्वाँर प्यानलबाट चुनाव लडेका थिए ।
यस्तै सदस्यमा शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन् ।
संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । दुई हजार तीन सय ३५ मतदाता रहेकोमा एक हजार नौ सय ४० मत खसेको थियो । नौ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि भएको निर्वाचनमा ५० जनाको उम्मेदवारी थियो ।