कैलालीको अत्तरियामा चक्कु प्र’हार, युवक घा’इते

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिकास्थित अत्तरियामा आइतबार राति चक्कु प्रहारबाट ३२ वर्षीय गौरव ऐर घाइते भएका छन्।

CP Hospital Dhangadhi

गोदावरी -४ को शुभम् होटलमा खाना खाइरहेका बेला ४–५ जनाको समूहले उनलाई अचम्मको तरिकाले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ। घाइते ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ।

Attariya Hospital

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरिसकेको र उनीहरूको खोजी जारी रहेको जानकारी दिएको छ। घटनाले स्थानीयमा सुरक्षा चिन्ता बढाएको छ। प्रहरीले घटनास्थलको अनुसन्धान तीव्र बनाएको छ र नागरिकलाई सतर्क रहन सुझाव दिएको छ।

nawajiwan
Advertize US