लालझाडी गाउँपालिका स्वास्थ्य सूचकांकमा कञ्चनपुर जिल्लामै पहिलो

Image
Nisarga Hospital

कञ्चनपुर: आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय एकीकृत वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा लालझाडी गाउँपालिकाले स्वास्थ्य प्रगति सूचकांक तथा कार्यसम्पादन मूल्याङ्कनका आधारमा जिल्लामै प्रथम स्थान हासिल गरेको छ।

CP Hospital Dhangadhi

स्वास्थ्य सेवा सुधारका क्षेत्रमा निरन्तर प्रयास गर्दै आएको लालझाडी गाउँपालिकाको यो उपलब्धिलाई उल्लेखनीय सफलता मानिएको छ। गाउँपालिकाले यो उपलब्धि हासिल गर्न सहयोग पु-याउने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्य शाखाका सहकर्मी, ९ वटै स्वास्थ्य संस्था प्रमुख, स्वास्थ्यकर्मी, विषयगत शाखाका प्रमुख, महिला स्वास्थ्य स्वयंसेवक, आमा समूहका सदस्य, स्वास्थ्य कार्यालय कञ्चनपुर, स्वास्थ्य निर्देशनालय दिपायल तथा विकास साझेदार संघ–संस्थाका प्रतिनिधिहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

nawajiwan

Attariya Hospital

“यो उपलब्धि गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेवक र समुदायको साझा प्रयासको परिणाम हो। आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई अझ सुदृढ, जनमुखी र दिगो बनाउन गाउँपालिका निरन्तर प्रयासरत रहने,” स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले बताए।

गाउँपालिकाले आगामी दिनमा पनि स्वास्थ्य सेवा प्रणालीलाई आधुनिक, सहज र सबैका पहुँचमा पुग्ने बनाउन आवश्यक योजना र कार्यक्रमहरू लागू गर्ने प्रतिबद्धता जनाएको छ।