कैलालीमा आगामी निर्वाचनका लागि मतदाता दर्तामा उत्साहजनक सहभागिता

Image
Nisarga Hospital

कैलालीमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मतदाता नामावली दर्तामा उत्साहजनक सहभागिता देखिएको छ।

CP Hospital Dhangadhi

असोज १० गतेदेखि सुरु भएको दर्ता अभियानमा हालसम्म १ हजार ५७५ जनाले नयाँ मतदाता रूपमा नाम दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार दर्ता गराउनेमध्ये एक हजार सात पुरुष र पाँच सय ६८ महिला रहेका छन्। उनका अनुसार नयाँ नामावलीमा नाम दर्ता गराउनेमध्ये अधिकांश युवा छन्।

Attariya Hospital

भट्टले बताए अनुसार, “१६ वर्ष उमेर पुगेकाले नाम दर्ता गराउन पाउँछन्, तर मताधिकार प्रयोग गर्नका लागि १८ वर्ष पूरा हुनुपर्छ।” उनले अनुमान गरे अनुसार, हाल दर्ता गराएका मध्ये ६० प्रतिशत नयाँ मतदाता हुन सक्छन्।

nawajiwan

कैलालीमा हाल पाँच लाख ३४ हजार ८ सय ६४ अद्यावधिक मतदाता रहेका छन्। जसमध्ये २ लाख ६१ हजार ५ सय १८ पुरुष, २ लाख ७३ हजार ३ सय ३४ महिला र १२ अन्य मतदाता रहेका छन्। मतदाता नामावली दर्ता कार्तिक ३० गतेसम्म खुला रहनेछ। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनको मिति तय गरेको हो।