गोदावरी नगरपालिका–१२ नायल सल्ली चापको सडक सञ्जाल विकास : जनताका लागि दिगो काम अघि बढ्दै

Image
{"remix_data":[],"source_tags":[],"source_ids":{},"source_ids_track":{},"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा नं १२ को नायल–सल्ली चाप क्षेत्रमा वर्षैभरि सुरक्षित रूपमा यातायात सञ्चालन गर्न सकियोस् भन्ने लक्ष्यसहित पालिकाले नाली निर्माणदेखि सडक स्तरउन्नतिको कामलाई तीव्र बनाएको छ। जनप्रतिनिधि र प्राविधिक टोलीसहित गरिएको स्थलगत निरीक्षण तथा सर्वे पछि आगामी दिनमा यस क्षेत्रका जनताले वर्षातमा भोग्दै आएको कठिनाइलाई अन्त्य गर्ने उद्देश्यले दिगो र प्रभावकारी काम अघि बढाइएको छ।

CP Hospital Dhangadhi

oplus_0

स्थलगत अनुगमनमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट, वडा नं १२ का अध्यक्ष भीम बहादुर खड्का, वडा नं ११ का अध्यक्ष प्रेम बडैला, इन्जिनियर पूर्ण कुँवर, ई. जनक खड्का, स्थानीय प्रतिनिधि तथा समाजसेवीहरूको सहभागीता रहेको थियो। करिब पाँच किलोमिटर सडकखण्डमा वर्षातमा बारम्बार अवरुद्ध हुने समस्या समाधान गर्न पालिकाले नाली निर्माण, ढल निकास तथा सडक स्तरबृद्धिका कामलाई प्राथमिकतामा राखेको अनुगमन टोलिले जनायो।

oplus_0
nawajiwan

नगर प्रमुख बिरेन्द्र भट्टका अनुसार गोदावरी नगरपालिकाले जनताका आवश्यकता र समस्यालाई प्राथमिकतामा राखेर विकास निर्माणको कामलाई द्रुत गतिमा अघि बढाएको छ। उनले भने, “नायल–सल्ली चाप क्षेत्रमा वर्षातमा देखिने समस्या अब स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित हामी दिगो पूर्वाधार निर्माणमा केन्द्रित छौँ। सडक, नाली र ढल व्यवस्थापनका कामले अब वर्षभरि सहज यातायात सम्भव हुनेछ।”

Attariya Hospital

oplus_0

उनका अनुसार पालिका जनताका लागि प्रत्यक्ष लाभ हुने परियोजनामा निरन्तर लगानी गर्दैछ र आगामी दिनमा अझ व्यवस्थित, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराइने छ।

oplus_0

वडा अध्यक्ष भीम बहादुर खड्काका अनुसार वडा नं १२ मा जनताले वर्षौंदेखि भोग्दै आएको यातायात सम्बन्धी समस्या समाधान गर्न पालिकाले विशेष पहल थालेको छ। उनले भने, “वर्षातको समयमा बिरामी, गर्भवती महिला, विद्यार्थी तथा दैनिक यात्रुहरूलाई सडक अवरुद्ध हुँदा निकै सास्ती पर्न्थ्यो। अब भने जनताका समस्या वास्तविकतामा बुझ्दै दिगो समाधान दिने उद्देश्यसहित काम अघि बढेका छन्।”


उनका अनुसार नाली निर्माण, ढल निकास र सडक स्तरउन्नतिका काम पूरा भएपछि यो क्षेत्र वर्षभरि सहज रूपमा यातायातसञ्चार हुने गतिशील क्षेत्र बन्नेछ। खड्काले थपे, “हाम्रो प्राथमिकता जनताको सेवा हो। विकासका प्रत्येक कदम उनीहरूकै सहजताका लागि हुन्। आगामी दिनमा अझ प्रभावकारी ढंगले वडा विकासलाई गति दिने छौँ।”

oplus_0

इन्जिनियर पूर्ण कुँवरका अनुसार नायल–सल्ली चाप क्षेत्रलाई वर्षैभरि सुरक्षित र सहज यातायात मार्ग बनाउने उद्देश्यले विस्तृत प्राविधिक अध्ययनपछि दिगो निर्माण कार्य अघि बढाइएको छ। उनले भने, “यो क्षेत्र पहिल्यैदेखि दुर्गम र जोखिमयुक्त सडकका रूपमा चिनिँदै आएको थियो। वर्षातमा बारम्बार सडक अवरुद्ध हुँदा स्थानीयले ठूलो कठिनाइ भोग्नुपर्थ्यो। अब भने नाली, ढल निकास र सडक स्तरउन्नतिको कामले स्थायी समाधान दिनेछ।”

oplus_0

उनका अनुसार पालिकाले आवश्यक बजेट विनियोजन गरी एकपटक गुणस्तरीय र दीर्घकालीन संरचना निर्माण गर्ने लक्ष्यसहित काम अघि बढाइरहेको छ। कुँवरले थपे, “हामी जनताको सुविधालाई केन्द्रबिन्दुमा राखेर सबै प्राविधिक प्रक्रिया पूरा गर्दै विकासलाई योजनाबद्ध रूपमा अगाडि बढाउँदैछौँ।”

oplus_0

गोदावरी नगरपालिकाले जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम अघि बढाएको जनप्रतिनिधिहरूले एकमत रूपमा बताएका छन्। आगामी दिनमा अझ व्यवस्थित, सुरक्षित र स्थायी यातायात सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि जनाइएको छ।

oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0
oplus_0