थारु कल्याणकारीणी सभाले गोदावरी नगरपालिकालाई दुई स्टिल कुर्चि सहयोग

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिकामा रहेको थारु कल्याणकारीणी सभा (थाकस) नगर समिति मजगाउँले नगरपालिकालाई सहयोग गरेको छ। सभाले दुई थान स्टिल कुर्चि उपलब्ध गराएको हो।

CP Hospital Dhangadhi

नगरपालिकाले गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोड भएपछि सहयोग आह्वान गरेको थियो। नगरपालिकाले थाकसको सहयोगप्रति आभार व्यक्त गर्दै स्थानीय स्तरमा सहकार्य र समाजसेवामा यस प्रकारको पहल महत्वपूर्ण रहेको जनाएको छ।

यस सहयोगले नगरपालिकाका कार्यालय सञ्चालनमा सहजता थपिएको जनाइएको छ। थाकसले समाजको कल्याण र स्थानीय प्रशासनसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।