
नेपाली कांग्रेस कैलालीका नेता तथा महाधिवेशन प्रतिनिधि रामबहादुर कलेलका ममतामयी माता, कुन्तीदेवी कलेलको ८२ वर्षको उमेरमा निधन भएको खबरले पार्टीका नेता –कार्यकर्तासहित समग्र समाजलाई स्तब्ध बनाएको छ।

यस दुखद अवसरमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भावपूर्ण शोक मन्तव्य सार्वजनिक गर्दै दिवंगत आत्माको चीरशान्ति र वैकुण्ठबासको प्रार्थना गरेका छन्। थापाले आफ्ना मन्तव्यमा भनेका छन्,
“नेपाली कांग्रेस कैलालीका नेता महाधिवेशन प्रतिनिधि रामबहादुर कलेल ज्यूको माताको निधनले अत्यन्त दुखी बनाएको छ। भाईहरू टेकबहादुर कलेल, यगमबहादुर कलेल र चक्रबहादुर कलेललाई यस दु:खद घडीमा धैर्य र शक्ति प्राप्त होस्। मृत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”
महामन्त्री थापाले यस शोकको घडीमा सम्पूर्ण शोकसन्तप्त परिवार र आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
कुन्तीदेवी कलेलको असामयिक निधनले पार्टी र समुदायमा शोकको छायाँ फैलाएको छ। पार्टी नेताहरू, शुभचिन्तकहरू र शुभकामनाप्रेषकहरूले उनको योगदान र आशीर्वादलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन्।
तेसै गरी नेपाली कांग्रेसका उपसभापति भीम बडुवाल ,युवा नेता लोक राज पाण्डेय आगो र युवा नेता मोती कुँवरले सयुक्त रुपमा समवेदना पत्र हस्तान्तरण गरेका ।
केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुर बाट पठाइएको शोक मन्तव्यमा गगनकुमार थापाले शोकसन्तप्त परिवारप्रति पुनः हार्दिक समवेदना व्यक्त गरेका छन्।




























