
बझाङ: बझाङ जिल्लाको थलारा गाउँपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । गत विगतका बर्षहरुमा सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारका लागी थलारा गाउँपालिकाले पालिका स्तरीय परिक्षा लिएको थियो । उक्त परिक्षामा धेरै जस्तो विद्यार्थिहरु असफल भएका र कमजोर देखीएपछी सामुदायिक विद्यालयहरुलाई केन्दीत गरी विभिन्न कार्यक्रमहरु संचालन गरी रहेको छ । थलारा गाउँपालिका संग सहकार्य गर्दै प्रगतिशिल युवा समाज द्धारा संचालित शिक्षा परियोजना मार्फत पनी विभन्न कार्यक्रमहरु संचालन भई रहेका छन् । सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारका लागी अभिभावकहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम, विद्यार्थिहरु संग मात्रै अन्तरक्रिया, शिक्षकहरु संग छलफल तथा बहस र विद्यालय संग सरोकार राख्ने निकायहरु, अभिभावक, विद्यार्थि, शिक्षक, विद्यालय ब्यावस्थापन समितीका पदाधिकारीहरु संग छलफल आदी कार्य गर्न सुरु गरेको छ । यसै अन्तरगत पालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको निगरानी तथा अनुगमन समेत पालिकाले बढाएको छ ।

थलारा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रयागराज पाध्याले साुमुदायीक विद्यालयहरुमा पुगेर छड्के अनुगमन गर्न सुरु गरेको हो । केही शिक्षकहरु विद्यालयमा उपस्थित नहुने, लामो समय सम्म विदामा बस्ने, नियमीत रुपमा विद्यालयमा पठनपाठन समेत नगर्ने जस्ता कार्यहरु देखीएपछी र यस्ता गुनासाहरु गाउँपालिकामा पुगेपछी कसैलाई पनी जानकारी नदिएर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रयागराज पाध्यायको नेतृत्वमा शिक्षा शाखाका प्रमुख तथा शिक्षा संयोजक हर्क बहादुर रोकाया सहितको टिम विद्यालयहरुमा पुगेर विद्यालयको निगरानी तथा अनुगमन गर्ने गरेका छन् ।
उक्त टिमले विद्यार्थिहरु संग विद्यालयका कमीकमजोरी,शिक्षकहरुको नियमीतता, पढाईको अवस्था र समुदायको अवस्थाका बारेमा छलफल गरीनुका साथै शिक्षकहरुलाई विभिन्न निर्देशन समेत दिने गरेको त्रिभुवन मावि महेन्द्रधारका प्रधानाध्यापक धन बहादुर विष्टले बताए । उनले भने, यसरी पालिका बाट विद्यालयमा निगरानी हुने हो भने शैक्षिक गुणस्तर सुधारमा महत्वपुर्ण भुमीका खेल्ने विश्वास आफुलाई लागेको बताए । विद्यालयको गतीविधी स्वयम शिक्षा संयोजक र प्रमुख प्रशासकिय अधिकृत आएर निगरानी गर्दा विद्यालयमा अनुपस्थित हुने शिक्षकहरुको पनी नियमीतता हुने र आफुहरुलेपनी विद्यालयहरुको समस्याका बारेमा प्रत्यक्ष रुपमा जानकारी गराउन सहज हुने भएकाले यस कार्यलाई पालिकाले नियमीतता दिन जरुरी रहेको सुझाब विष्टले दिए ।
प्रमुख प्रशासकिय अधिकृत पाध्याले विद्यार्थिहरुलाई एकै ठाउँमा जम्मा गरेर उनिहरुको भविष्यका लक्ष्य बारेमा बझ्नुका साथै सकारात्मक सोच विकासका लागी र समाज परिवर्तनका लागी विद्यालय उमेर समुहका किशोर किशोरीहरुको भुमीकाका बारेमा जानकारी गराउने गरेको शिक्षा संयोजक हर्क बहादुर रोकायाले बताए । उनले भने, पालिकाले दिएका शैक्षिक सामाग्रीहरु प्रयोग भए नभएको अनुगमन गर्नुका साथै,साुमदायिक विद्यालयहरुमा तत्कालका समस्या बारे समेत बुझि विस्तार आफुहरुले गर्ने गरेको बताए । हाम्रो यो अनुगमन तथा निगरानीका कारण लाखौ मुल्य बराबर पर्ने विज्ञान प्रयोग शालाहरु प्रयोग विहीन भएका र अनुगमन पश्चात अहिले संचालनमा आएको बताए । उनले अन्य आवष्यक पर्ने सामाग्रीहरुको लिष्ट तयार गरेर आफुहरुलाई जानकारी गराउनका लागी निर्देशन समेत दिएको बताए ।
विद्यालयमा अनुगमनका क्रममा पुगेका प्रमुख प्रशासकिय अधिकृतले दिएको सुझाब र सल्लाहले आफुहरुलाई थप हौसला मिलेको कक्षा १० मा अध्यनरत छात्रा सुस्मिता बोहराले बताईन् । उनले, विद्यार्थिहरुको हातहातमा मोबाईल भएका तर यसको सहि सदुपयोग गर्न नसकेको बताउदै यस बारेमा प्रमुख प्रशासकिय अधिकृतले आफुहरुको आँखा खोलि दिएको बताईन् ।
यता प्रमुख प्रशासकिय अधिकृत प्रयागराज पाध्याले आफुहरुले सामुदायिक विद्यालयहरुमा निगरानि नगर्ने हो भने विद्यार्थिहरुको भविष्य नै बरबाद हुने बताउदै । उनले, आफुले आफ्नो कर्तब्यको पालनमा गरेको र सबै सरोकार राख्ने निकायहरुले आ आफ्नो जिम्मेवारी र कर्तब्य निर्वाह गर्नु पर्ने बताए । आ आफ्नो जिम्मेवारी निर्वाह गर्न सके मात्रै विद्यालयको मात्रै नभएर हरेक क्षेत्रमा सुधार गर्न सकिने बताए । अन्तरक्रियामा सहभागी भएका विद्यार्थिहरुले विद्यालयहरुमा अभिभावकहरुको चाँसो नै नदिने भएका कारण पनी समस्या हुने गरेको बताएको पाध्यायले बताए । उनले आफ्ना छोरा छोरीको पढाईको अवस्था बारे समय समयमा विद्यालयमा अभिभावकहरुले उपस्थित हुन जरुरी रहेको बताए । साथै उनले पालिकाले धेरै जस्तो विद्यालयहरुमा ई हाँजीर समेत जडान गरी सकेको बताउदै,यसलाई कार्यान्वयन ल्याउन लागेको र केही विद्यालयहरुहरुले ई हाँजिर प्रयोगमा समेत ल्याई सकेको बताए । विद्यालयमा पुगेर विद्यालयको भौतिक, आर्थिक, सामाजीक, जनशक्तीको अवस्थाका बारेमा समेत बुझी आगामी दिनहरुमा ति समस्याहरुको समाधान गर्न पालिकाको समेत ध्यान जाने उहाँले जानकारी दिए ।
थलारा गाउँपालिका भरी आधारभुत कक्षा ८ सम्म ७ वटा विद्यालय, कक्षा १० सम्म ४ वटा , कक्षा १२ सम्म ४ वटा , २७ वटा आधारभुत विद्यालयहरु र २ वटा बाल कक्षा सहित जम्मा ४४ वटा सामुदायिक विद्यालयहरु रहेका छन् ।
प्राय धेरै जस्तो विद्यालयहरुको शैक्षिक गुणस्तर सन्तोस जनक नरहेको र अहिले विद्यालयहरुलाई विषेश गरी निगरानि सहति पालिकाले काम गरी रहेको थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर रोकायाले बताए । उनले भने, विद्यालयमा अध्इन गर्ने बालबालिकाहरुको भविष्य सुधारका लागी सबै सरोकार निकायहरुले आ आफ्नो क्षत्र बाट लागी पर्न आग्रह समेत गर्नु भयो । क्रमीक रुपमा पालिकाले आवष्यक सामाग्रीहरु उपलब्ध गराउदै आएको छ । पालिकामा निश्चित बजेट भित्र काम गर्नु पर्ने हुन्छ । निश्चित बजेट भित्र थुप्रै कामहरु गर्नु पर्ने हुन्छ । तर सबैका मागहरु सम्बोधन गर्न पनी गाह्रो हुने हुदा, विषेश गरी अति आवष्यक भएको ठाउँमा पालिकाले सहयोग गर्दै आएका छौ । पालिकाले शिक्षामा मात्रै परिवर्तन गर्न सक्ने हो भने धेरै ठुलो उपलब्धी हुने बताए ।
































