गोदावरीको १६औँ राष्ट्रपति रनिङ शिल्ड: सामुदायिकमा दुर्गालक्ष्मी मावि र संस्थागतमा लोटस आई स्कुल विजेता 🏆🔥

Image
Nisarga Hospital

अत्तरियाःकैलालीको गोदावरी नगरपालिकामा आयोजित १६औँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ। सामुदायिक तर्फ दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालयले १८ स्वर्ण, १३ रजत र २२ कास्य गरी कुल ५३ पदक जितेर पहिलो स्थान हासिल गरेको छ। संस्थागत तर्फ लोटस आई इङ्गलिस माविले ४ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ७ पदक हात पारेको छ।

CP Hospital Dhangadhi

प्रतियोगितामा विद्यार्थीहरूले भलिबल, कबड्डी, एथलेटिक्स, दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिन, कराँते, तेक्वान्दो जस्ता विभिन्न खेलमा आफ्नो क्षमता देखाएका थिए। मुख्य खेल गतिविधिहरू दुर्गालक्ष्मी मावि र चौकिडाडा खेलमैदानमा सम्पन्न भए।

विजेता विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकहरूमा खुशीको वातावरण छाएको थियो। आयोजक समितिले प्रतियोगिताले गोदावरीका विद्यार्थीहरूमा खेलकुद सहभागिता र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गरेको जनाएको छ। 📸🎉