तराईका जिल्लामा बिहानै हुस्सु–कुहिरो लागे सँगै चिसो बढ्यो, जनजीवन प्रभावित

Image
Nisarga Hospital

कैलाली कञ्चनपुर लगायतका क्षेत्रहरूमा बिहानैदेखि हुस्सु र कुहिरो लाग्दा चिसो ह्वात्तै बढेको छ। दिउँसो पखसम्म हटेनन् भने जनजीवनमा व्यापक असर परेको छ। बालबालिका, ज्येष्ठ नागरिक र शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित छन्। स्थानीयहरूले बताएअनुसार चिसोले दैनिक आवतजावत र स्वास्थ्यमा समेत समस्या निम्त्याएको छ।

CP Hospital Dhangadhi

हुस्सु र कुहिरोका कारण सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको छ। बस चालक राजेन्द्रबहादुर ऐरका अनुसार दृश्यता अत्यन्त कम भएकोले सवारी चलाउन जोखिम बढेको छ। “अगाडिदेखि नै गाह्रो हुन्छ, त्यसैले गति कम गरेर सावधानीपूर्वक सवारी चलाउनुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो।

Attariya Hospital

विद्यालय जाने बालबालिका पनि कठिनाइमा परेका छन्। अभिभावकका अनुसार बाक्लो कुहिरो र चिसो हावाले विद्यार्थीलाई विद्यालय जान समस्यामा पारेको छ। किसानहरूका अनुसार तरकारी बालीमा डढुवा र रोग फैलिन थालेको छ। लालझाडीका किसान रामप्यारा चौधरीले आलु र गोलभेडामा डढुवाको समस्या देखिएको बताए।

nawajiwan

स्थानीयहरू बिहान–साँझ बाहिर निस्कँदा बाक्लो लुगा लगाउन बाध्य छन्। स्वास्थ्यकर्मी प्रेम धामीका अनुसार स्वास्थ्य संस्थामा रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी बिरामी बढ्दै गएका छन्। विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक चिसोबाट बढी प्रभावित देखिएका छन्।