अत्तरियामा भोलिदेखि सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२, तयारी पूरा

Image
Nisarga Hospital

कैलालीको अत्तरियामा भोलिदेखि सुरु हुने सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक सृजनशील युवा क्लबले आज आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सव सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो।

CP Hospital Dhangadhi

क्लबका अध्यक्ष नरबहादुर राईले महोत्सवका लागि भौतिक संरचना, सुरक्षा, सांस्कृतिक कार्यक्रम तथा व्यवस्थापनका सबै पक्ष टुंगिएको बताए। उनका अनुसार भोलि बिहान १० बजे अत्तरियामा भव्य र्याली निकालिनेछ। र्यालीपछि गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले महोत्सवको औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।

nawajiwan
Attariya Hospital

पुस १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहनेछ। साथै, सुदूरपश्चिमको कला, संस्कृति, भेषभूषा र मौलिक पहिचान झल्किने सामग्री तथा प्रदर्शनीहरू समेत राखिने आयोजकले जनाएको छ। महोत्सवले स्थानीय प्रतिभालाई प्रोत्साहन गर्नुका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

अत्तरियाको पूर्वरोडस्थित खुला चौरमा आयोजना हुने महोत्सवका लागि विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई भने प्रवेश निःशुल्क गरिएको छ।

अध्यक्ष राईले महोत्सवलाई सफल बनाउन स्थानीय बासिन्दा, संघ–संस्था, व्यवसायी र सरोकारवालाहरूलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन्। सृजनशील युवा क्लबले २०६६ देखि २०७१ सालसम्म नियमित रूपमा महोत्सव आयोजना गर्दै आएको थियो। २०७२ सालमा महोत्सव अत्तरिया उद्योग वाणिज्य संघलाई हस्तान्तरण गरिए पनि विविध कारणले निरन्तरता दिन नसकिएपछि क्लबले पुनः जिम्मेवारी सम्हाल्दै महोत्सव आयोजना गर्न लागेको हो।