
कैलाली: कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ६ स्थित कैलाली भिजन बोर्डिङ स्कुलले नेपाल एकीकरणका महानायक श्री ५ पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाएको छ।

सो अवसरमा विद्यालय प्राङ्गणमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको थियो। आधुनिक नेपालको जग बसाल्ने पृथ्वीनारायण शाहको अतुलनीय योगदानको स्मरण गर्दै शिक्षक तथा विद्यार्थीहरूले दीप प्रज्वलन गरी उहाँप्रति सम्मान प्रकट गरेका थिए।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय एकता र आपसी सद्भावको कामना गर्दै शुभकामना साटासाट गरेका थिए। विद्यालयले हरेक वर्ष यस्ता ऐतिहासिक दिवसहरू मनाउँदै विद्यार्थीहरूमा राष्ट्रियता र देशप्रेमको भावना जागृत गराउँदै आएको छ।

































