एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी सम्मानित, रिजनदेखि दीपेन्द्रसम्मले जिते अवार्ड

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेसँगै प्रतियोगिताका विभिन्न विधाका उत्कृष्ट खेलाडी पनि घोषणा भएका छन्।

CP Hospital Dhangadhi

चितवन राइनोजका रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका उनले ओमोडा एन्ड जाएको कार प्राप्त गरे। उनी उत्कृष्ट बलरसमेत घोषित हुँदै पल्सर मोटरसाइकल जित्न सफल भए।

यस्तै, सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द टुर्नामेन्ट घोषित भए। तीन अर्धशतकसहित २१८ रन र ६ विकेट लिएका उनले ५ लाख रुपैयाँ प्राप्त गरे।

चितवनका श्रीलंकाली खेलाडी कमिल मिशारा इनर्जेटिक प्लेयर घोषित हुँदै २ लाख रुपैयाँ पाए। विराटनगरका लोकेश बम २४२ रनसहित उत्कृष्ट ब्याटर बने भने जनकपुरका राहुल यादवले इमर्जिङ प्लेयरको अवार्ड जिते। दुवैले पल्सर मोटरसाइकल प्राप्त गरे।

फाइनलमा अविजित १२५ रन बनाएका सुदूरपश्चिमका जर्ज मुन्से प्लेयर अफ द म्याच बने। उपविजेता लुम्बिनी लायन्सले स्पिरिट अफ क्रिकेट अवार्ड प्राप्त गर्‍यो।