घोप्टेभीरमा आजदेखि दैनिक ५ घण्टा सडक बन्द, मुग्लिन–काठमाडौं यात्रा प्रभावित हुने

Image
Nisarga Hospital

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं सडकखण्डको घोप्टेभीरमा आजदेखि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सडक बन्द गर्ने जानकारी दिएको हो।

CP Hospital Dhangadhi

प्रशासनका अनुसार शनिबारदेखि दैनिक बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइनेछ।

सडकको माथिल्लो भागबाट निरन्तर ढुङ्गा तथा माटो खसिरहेको र पहिरोको जोखिम बढ्दै गएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जोखिमयुक्त पहाडको माथिल्लो भाग काटेर सडकलाई सुरक्षित बनाउने उद्देश्यले काम गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्न लागिएको हो।

निर्माण तथा पहिरो नियन्त्रणको काम सम्पन्न नभएसम्म दैनिक पाँच घण्टा सडक बन्द रहने भएकाले उक्त मार्ग भएर यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई समय व्यवस्थापन गरेर यात्रा गर्न आग्रह गरिएको छ। साथै प्रशासनले अर्को सूचना जारी नभएसम्म तोकिएको समयतालिका पालना गर्न अनुरोध गरेको छ।