बैतडीको अनारखोलीमा यात्रुवाहक बस दुर्घटना, मानवीय क्षति भएन

Image
एआई निर्मित सांकेतिक तस्बिर
Nisarga Hospital

बैतडीः बैतडीको अनारखोलीमा यात्रुवाहक बस दुर्घटनामा परेको छ। महेन्द्रनगरबाट बझाङतर्फ गइरहेको सुपप्र०२००१ ख १२५२ नम्बरको बस एक्कासि अनियन्त्रित भएर सडक छेउको नालीमा खसेको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार बसका दुईवटा टायर नालीमा फसेका छन्। दुर्घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ। बस घटनास्थलमै रहे पनि त्यसमा सवार यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।