आज सुदूरपश्चिमसहित तीन प्रदेश र हिमाली क्षेत्रमा आंशिक बदली, अन्यत्र मौसम सफा रहने

Image
Nisarga Hospital

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानअनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभागमा आंशिक बदली हुनेछ। यस्तै, देशका हिमाली क्षेत्रमा तथा कोशी प्रदेशको तराई भूभाग र मधेस प्रदेशमा पनि आंशिक बादल लाग्ने सम्भावना छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

यसैगरी, आज राति कोशी प्रदेशको तराई क्षेत्रसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ।

आइतबार देशका हिमाली भूभाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। अन्य क्षेत्रमा मौसमको अवस्था मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।