ज्योतिषिका अनुसार आजका लागि यी ८ राशिको भाग्य चम्किदै, अनि तपाईको राशिलाई कस्तो ? पढ्नुहोस माघ महिनाको १३ गते मंगलबारको राशिफल

Image
Nisarga Hospital

आज – १३ माघ २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यहाँहरूको लागि सोचेजस्तो परिणाम मिल्नेछ। केही नयाँ काम वा विचारको सुरुवात हुन सक्छ। आफ्नो निर्णयमा भरोसा राख्दा फाइदा पुग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यहाँहरूको लागि सहयोग र फाइदाका संकेत क्रमश देखिनेछन्। कसैको सानो साथले ठूलो राहत दिन सक्छ। भविष्यको योजना बनाउन उपयुक्त योग रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज यहाँहरूको लागि भाग्यको साथ मध्यम रहने देखिन्छ। अरूबाट आशा राख्न सकिन्छ तर अत्यधिक अपेक्षा नगर्नु राम्रो। धैर्यले काम गर्दा दिन सहज हुनेछ।आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरूको लागि सम्बन्ध र सहकार्यको विषय अगाडि आउन सक्छ। आपसी बुझाइले काम बन्ने सम्भावना छ। कुरा स्पष्ट राख्दा अलमलको बिषय टर्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोच र निर्णय दुवै सन्तुलनमा राख्नुपर्ने दिन हो। पढाइ सृजनशीलता वा सन्तानसम्बन्धी विषय सक्रिय हुने योग छ। मनका उल्झनहरुलाई नियन्त्रणमा राख्दा फाइदा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज यहाँहरूको लागि आत्मबल र साहस बढ्ने देखिन्छ। नयाँ कुरामा हात हाल्ने हिम्मत आउने। कुराकानी र प्रयासबाट सकारात्मक प्रतिक्रिया पाईनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज यहाँहरूको लागि खर्च र मनको अस्थिरता नियन्त्रणमा राख्नु आवश्यक देखिन्छ। अनावश्यक काममा समय र ऊर्जा नखर्चिनु राम्रो रहला। मौनमा समय काट्नाले स्पष्टता दिनेछ साथै मनमा शान्ति मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कामकाजमा स्थिरता आउने संकेत छ। जिम्मेवारी पूरा गर्दा मन सन्तुष्ट हुनेछ। रोकिएका कार्य र विषयहरु अघि बढ्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कुनै पनि कार्य गर्दा सावधानी राख्नुपर्ने हुन्छ। स्वास्थ्य, गोप्य कुरा वा जोखिमसँग सम्बन्धित काम टार्नु उपयुक्त रहला। मन शान्त राख्दा परिस्थिति नियन्त्रणमा रहनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज यहाँहरूको लागि संघर्षमा जितको संकेत देखिन्छ। मेहनतको उचित परिणाम देखिन थालेको अनुभूति हुनेछ। स्वास्थ्य र कामकाज दुवैमा सुधारको संकेत छ। प्रतिष्ठा वृद्धिको योग छ। आज यहाँहरूको लागि शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मन घर र परिवारतिर बढी जाने सम्भावना छ। आन्तरिक असन्तोष महसुस भए विश्राम लिनु राम्रो। ठूला निर्णयलिनको लागि केही समय प्रतिक्षा गर्नु उपयुक्त रहला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक विषयमा सफलता मिल्नेछ। बोली र व्यवहारले असर पार्ने दिन भएकाले संयम आवश्यक छ। कार्यलाई बुझेर लगानि गर्दा निर्णयले दिन सहज हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

हाम्रो पात्रो बाट