
कैलालीको अत्तरिया बजारमा आज बिहान दुई बस ठोक्किएका छन्।

धनगढीबाट अत्तरिया तर्फ आउँदै गरेको सुन्दर सुदूरपश्चिम यातायात प्रालिको बसले लेन परिवर्तन गर्दा नगर बससँग ठक्कर खाएको हो। सुपप्र ०१–००१ ख ३८९३ नम्बरको बस बान्यापट्टि आउँदा पछाडि रहेको सुपप्र ०१–००१ ३७८६ नम्बरको नगर बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा दुवै बसमा भौतिक क्षति भएको छ, तर चालक र यात्रुहरू सुरक्षित रहेका छन्। प्रहरीले दुर्घटनापछि ट्राफिक व्यवस्थापन गर्दै बस चालकहरूलाई कारबाहीका लागि समातेको छ।






























