चौमालाको प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखको क्षति

Image
Nisarga Hospital

चौमालाः गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्।

CP Hospital Dhangadhi

विद्यालय प्रशासनका अनुसार आगलागीबाट करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। मानवीय क्षति भने नभएको जनाइएको छ।

Attariya Hospital

आगलागीपछिको अवस्थाबारे जानकारी लिन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम र कैलाली निर्वाचन क्षेत्र नम्बर ४ नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार आनन्द बिष्टले घटनास्थलको अनुगमन गर्नुभएको छ। घटनाप्रति दु:ख व्यक्त गर्दै आवश्यक सहयोगका लागि पहल गरिने बताए ।

nawajiwan