
बैतडीको पुर्चौडीबाट बझाङतर्फ फर्किएको जन्ती बोकेको बस दुर्घटनामा बझाङका महादेव माध्यमिक विद्यालय, लिमका शिक्षक विष्णु जोशीको निधन भएको छ। बिहिवारको दुर्घटना पुर्चौडी–६ बडचौरमा भएको थियो। शिक्षक जोशी विद्यालयमा लगनशील र मिलनसार व्यक्तित्वका लागि परिचित थिए।

सोही दुर्घटनामा दार्चुलाको शैल्यशिखर–१ का वडा सचिव बसन्तराज जोशीसहित १३ जनाको ज्यान गएको पुष्टि भइसकेको छ। एउटै दुर्घटनामा शिक्षक, कर्मचारी र सर्वसाधारणको मृत्यु भएपछि बझाङ र बैतडीमा गहिरो शोक व्याप्त छ।
शिक्षक जोशीको निधनले विद्यालय परिवार, आफन्त र शुभचिन्तकहरू मर्माहत भएका छन्। सामाजिक सञ्जालमा विद्यार्थी र सहकर्मीहरूले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।





























