गोदावरी–४ बन्दगडामा मष्टाधामको प्राणप्रतिष्ठा सम्पन्न, नियमित पूजा आजा सुरु

Image
Nisarga Hospital

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ स्थित बन्दगडामा निर्माण सम्पन्न हुने चरणमा रहेको मष्टाधाममा प्राणप्रतिष्ठा पूजा सम्पन्न गरिएको छ। शुक्रबार मष्टाका धामी, पुजारी तथा ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थितिमा विधिपूर्वक प्राणप्रतिष्ठा पूजा सम्पन्न भएको हो।

CP Hospital Dhangadhi

धार्मिक संरचनाको निर्माण अन्तिम चरणमा पुगेको र नियमित पूजाआजा सुरु गर्ने उद्देश्यले प्राणप्रतिष्ठा गरिएको मष्टाधाम व्यवस्थापन समितिका अध्यक्ष गणेश साँउदले जानकारी दिनुभयो। उहाँका अनुसार धाममा आजैदेखि महायज्ञ सञ्चालन गर्ने समितिको योजना रहे पनि निर्वाचन आचारसंहिताका कारण हालका लागि स्थगित गरिएको छ।

Attariya Hospital

उक्त मष्टाधामलाई मष्ट देवताको विश्वकै पहिलो धामका रूपमा विकास गर्ने लक्ष्य समितिले लिएको छ। साथै यस क्षेत्रलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजना समेत अघि सारिएको छ।

nawajiwan

मष्टाधाममा पछिल्लो समय दिनहुँजसो आन्तरिक पर्यटक तथा श्रद्धालुहरूको आगमन बढ्दै गएको छ। धाम निर्माणमा वडा, नगरपालिका, प्रदेश तथा संघ सरकार गरी चारै तहको लगानी रहेको जनाइएको छ।