कैलालीमा ट्रकको ठक्करबाट १५ वर्षीय किशोरको मृत्यु, राजमार्ग अवरुद्ध

Image
Nisarga Hospital

कैलालीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार राति लम्कीचुहा नगरपालिका–८ स्थित गप्का सडकखण्डमा साइकलमा सवार १५ वर्षीय शिरिष भण्डारीलाई ट्रकले ठक्कर दिएको हो। सुपप्र ०१–००१ ख २८५० नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

CP Hospital Dhangadhi

घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले क्षतिपूर्ति र दोषी चालकलाई कडा कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्। अवरोधका कारण सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाका अनुसार पीडित पक्ष र ट्रक व्यवसायीबीच समस्या समाधानका लागि छलफल भइरहेको छ।