देउडा गीत ‘का चम्क्यो बिजुली’ बजारमा सार्वजनिक, खुमन सिंह र गौरी भट्टाको सशक्त आवाज

Image
Nisarga Hospital

सुदूरपश्चिमेली लोकसंस्कृतिको प्रतिनिधि देउडा गीत ‘का चम्क्यो बिजुली’ २०८२ सालका लागि बजारमा सार्वजनिक गरिएको छ। खुमन सिंह र गौरी भट्टाको सशक्त स्वर रहेको गीतले देउडा संगीतप्रेमीको ध्यान आकर्षित गरेको छ। गीतका शब्द र संगीत शेर बिष्टको रहेको छ भने एरेन्ज तथा मिक्सिङ कृष्ण बजुरेलीले गरेका छन्।

CP Hospital Dhangadhi
Attariya Hospital

‘द म्युजिक इरा’ स्टुडियो, काठमाडौंमा रेकर्ड गरिएको गीतमा खुमन सिंह र गेन्सी सिनालको अभिनय देख्न सकिन्छ। भिडियोलाई रमेश बिजुली बीसीले निर्देशन गरेका हुन् भने क्यामेरामा अमृत उपाध्याय, सम्पादन शंकर साउद र रङ तथा पोस्टर डिजाइन गणेश साउदको रहेको छ।

देउडा संस्कृतिको स्वाद बोकेको यो गीतले दर्शक–श्रोतालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।