साइपाल: पर्यटन र विकासको केन्द्र, नागरिक जीवनस्तर उकास्न प्रकाश रसाइलीको प्रतिबद्धता

Image
Nisarga Hospital

रमेश बहादुर सिंह / बझाङः नेपाली कांग्रेस बझाङका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाश रसाइली स्नेहीले साइपाल गाउँपालिकालाई जिल्लाको प्रमुख पर्यटकीय पहिचान र सम्भावनाको केन्द्र बताएका छन्। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र पर्यटन विकासले साइपालले समग्र जिल्लाको आर्थिक उन्नतिमा योगदान दिन सक्ने उहाँको भनाइ छ।

CP Hospital Dhangadhi

तर, स्नेहीले भने कि धेरै बस्ती अझै आधारभूत सुविधाबाट वञ्चित छन्। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीमा नागरिकको पहुँच सीमित रहेको उनको चिन्ता छ।

उम्मेदवार स्नेहीले विकासलाई नारा मात्र नभई मापनयोग्य परिणाममा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “अब विकास देखिने, मापन गर्न सकिने र नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने खालको हुनुपर्छ।”

साइपालसहित दुर्गम क्षेत्रको समग्र विकास, पर्यटन प्रवर्द्धन र स्थानीय जनताको जीवनस्तर उकास्न निरन्तर प्रयास गर्ने उहाँको स्पष्ट प्रतिबद्धता रहेको छ।