
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीस्वरूप नेपाली काँग्रेस ले विशेष जनसञ्चार अभियान ‘मेरा १५ दिन पार्टीलाई’ सुरु गरेको छ। अभियानमार्फत पार्टीका सबै तहका कार्यकर्तालाई पदीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै उम्मेदवारलाई विजयी बनाउन सक्रिय परिचालनमा जुट्न आह्वान गरिएको छ।

पार्टीका अनुसार घर–घर, टोल–टोल, वडा–वडा र शहर–शहरसम्म झण्डा फहराउँदै जनमत निर्माण गर्ने लक्ष्य लिइएको छ। १५ दिनसम्म निरन्तर घरदैलो, भेटघाट, जनसंवाद र सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार गर्ने रणनीति तय गरिएको छ। अभियानमार्फत आम नागरिकसँग प्रत्यक्ष संवाद गर्दै पार्टीका नीति, कार्यक्रम तथा उम्मेदवारको योग्यताबारे जानकारी गराइने जनाइएको छ।
मुख्य उम्मेदवार नर नारायण शाह मनु को पक्षमा व्यापक समर्थन जुटाउने उद्देश्य राखिएको छ। क्षेत्रीय सभापति भिम पडालद्वारा जारी विज्ञप्तीमा स्थानीय तह, युवा र महिला सञ्जाललाई समेत अभियानमा समेटेर मजबुत जनसमर्थन निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ।





























