
भन्देउ कोही गरिबहरूको घर कहाँ छ,
खोला सुकायौ तिमि त्यो बगर कहाँ छ।
बनाएका हुन्छौ कागतमै नगर पालिका,
हेर्छौँ डाँडा पाखा पखेरा सहर कहाँ छ।
मानौँ की तिमिले भ्यूटावर बनायौ यहाँ,
सोंचनै सकेनौं यसको असर कहाँ छ।
मर्छन् कमाउँन गएका नौजवानहरू खै,
कयौँ अकालै गयो ज्यान खबर कहाँछ।
जनम्यौँ तराई पहाड हिमालमा नेपाली,
थाहाछैन उसको गन्तव्य सफर कहाँ छ।

॥१॥
भयपनि विदेशमा जनताको लाश खुसिहुने,
सरकारमा बसनपाए बनेपनि दाश खुसिहुने।

कसतो जात भएका नेपाली वीर संसारका,
घायलहरूलाई भन्दापनि स्यावास खुसिहुने।
छैन मानो छानो विदेशको भरमा छाक टर्छ,
जीवनभरी दु:खको भएपनि रास खुसिहुने।
स्वाभिमानी विश्वका बहादुर जातहरू हामि,
किन दुश्मनले गर्दा पनि उपहास खुसिहुने।
साम्राज्यवादले मिठो बिष बोकेर आएकै छ,
नेताहरूको त्यसैमापनि छ तमास खुसिहुने।
युवा विहिन गरायो देश फैलायो जाल यहां,
यहीं छन् यो देश गरेर सत्यानाश खुसिहुने।
॥२॥
गराउन निस्किएको आफ्नो उपचार साच्चै,
आश्चार्य परे अस्पत्ताल आफै बिमार साच्चै।
समयले साथ दिए हुन्छ गधा नि पहलवान,
समयले नै गर्ने रहिछ सबैको उद्दार साच्चै।
ज जस्ले जलायो देश लुट्यो गरिबहरूलाई,
उहि आतुर देखिन्छ बनाउँन सरकार साच्चै।

भन्छन् हामी देश बनाउँछौँ विदेशीको खाई,
जनतालाई विष झैं भएको छ करार साच्चै।
देखदैनन् जनताहरू पनि चाहान्छन् चटक,
गर्छन् नजानि उनैले भनेको अनुसार साच्चै।
आउ बरू शंघर्षको इतिहास हेरौं योगदान,
को इमान्दार भित्रैदेखि गरौँ चिरफार साच्चै।
॥३॥
सबै मिलेर सङ्घीयता र एमसीसी फालौँ बेलैमा,
देशभक्तको निमित्त आफ्नो मत खसालौँ बेलैमा।
हतारमा गर्दा निरणयले पर्ला फुर्सतमा पछुताउनु,
बन्नथालेकै साम्राज्यवादको किल्ला ढालौँ बेलैमा।
कुनै पनि बिरोनो होइनौँ एउटै सन्तान हौँ नेपाली,
यदि कसैको मैलो मन भए अब पखालौँ बेलैमा।
हिमाल पहाड मधेश हाम्रो देशको अङ्ग बुझ्नुपर्छ,
हुरीले उडाउला एकले अर्कालाई सम्हालौँ बेलैमा।
को पक्ष को बिपक्ष सरोबरी छ संसद नै छैन ब्यद्य,
भ्रष्टाचार सुरू कहाँबाट हुन्छ बरू खंगालौँ बेलैमा।
मृत्युपछिको काज भन्दा जरूरी छ सन्तानहरू हो,
आफ्नो बाआमालाई निरोगी बनाएर पालौँ बेलैमा।
सुरेशकुमार पाण्डे दाङ घोराही १८






























