समानुपातिकमा १ करोड बढी मत गणना हुदा रास्वपा अग्रस्थानमा, कांग्रेस र एमाले पछि

Image
Nisarga Hospital

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रस्थानमा देखिएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कुल १ करोड २ लाख ५२ हजार ६७६ मत गणना भइसकेको छ।

CP Hospital Dhangadhi

गणनाको हालसम्मको विवरणअनुसार रास्वपाले सबैभन्दा धेरै ४९ लाख २९ हजार ७१४ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ६७ हजार ५८८ मत पाएको छ भने नेकपा (एमाले)ले १३ लाख ८५ हजार ६८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ४८ हजार ७९७ मत पाएको छ। श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७९७ मत प्राप्त गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २२ हजार २० मत हासिल गरेको आयोगले जनाएको छ।

nawajiwan
Attariya Hospital

अन्य दलतर्फ जनता समाजवादी पार्टी नेपालले १ लाख ६८ हजार ४०४, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६४ हजार ३९५ र जनमत पार्टीले ७५ हजार २०१ मत प्राप्त गरेका छन्।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अझै जारी रहेको छ र आगामी परिणामसँगै दलहरूको अन्तिम मतस्थिति स्पष्ट हुँदै जानेछ।