रास्वपा महाधिवेशनः गुटबन्दी त्याग्न रविको आह्वान, ‘योग्यलाई भोट दिनुहोस्’

Image
Nisarga Hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत सोमबार बन्दसत्र सुरु भएको छ। नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्ने महत्वपूर्ण एजेन्डासहित सुरु भएको बन्दसत्रमा देशभरबाट आएका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको छ।

CP Hospital Dhangadhi

बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछाने ले पार्टीभित्र मौलाउन खोजेको गुट–उपगुटको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले पुरानै राजनीतिक संस्कार र शैलीलाई निरन्तरता दिएर नयाँ परिणाम प्राप्त गर्न नसकिने भन्दै रास्वपाले फरक अभ्यासमार्फत उदाहरण प्रस्तुत गर्नुपर्ने बताए।

लामिछानेले प्रतिनिधिहरूलाई कुनै दबाब, प्रभाव वा व्यक्तिगत सम्बन्धका आधारमा नभई योग्यता, क्षमता र पार्टीप्रतिको प्रतिबद्धता हेरेर मतदान गर्न आग्रह गरे। कसैले प्रतिनिधि बनाएर महाधिवेशनसम्म ल्याएको भए पनि मतदान भने विवेक प्रयोग गरेर योग्य उम्मेदवारलाई गर्नुपर्ने उनको भनाइ थियो।

nawajiwan
Attariya Hospital

आफू कुनै पक्ष वा समूहको समर्थनमा नरहेको दाबी गर्दै उनले जसले जिते पनि अन्ततः रास्वपाकै जित हुने विश्वास व्यक्त गरे। पार्टीको केन्द्रीय समितिमा सक्षम र जिम्मेवार नेतृत्व चयन गर्न उनले प्रतिनिधिहरूलाई आग्रह गरे।

सभापति लामिछानेले भोट प्रभावित पार्न अफवाह फैलाउने, प्रतिनिधिमाथि दबाब सिर्जना गर्ने तथा ‘फलानोलाई भोट देऊ, फलानोलाई नदेऊ’ भन्ने प्रवृत्ति रास्वपाको संस्कार नभएको स्पष्ट पारे। उनले पार्टीलाई सुदृढ बनाउन आन्तरिक एकता, पारदर्शिता र लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।