आँप टिप्ने क्रममा रुखबाट लड्दा अछामका वृद्धको मृत्यु

Image
Nisarga Hospital

अछाममा आँप टिप्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साफेबगर नगरपालिका–१ ठेगालगाउँ निवासी ६० वर्षीय नबिन्द्र राज जोशीको ज्यान गएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार आफ्नै घर नजिक रहेको आँपको रुखमा चढेर फल टिप्ने क्रममा उनी अचानक लडेर गम्भीर घाइते भएका थिए। घाइते जोशीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल बयलपाटा पुर्‍याइएको थियो।

Attariya Hospital

अस्पतालमा चिकित्सकले परीक्षण गर्दा आइतबार साँझ उनलाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

nawajiwan

वर्षायाममा फलफूल टिप्न अग्ला रुखमा चढ्दा विशेष सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ।