प्रहरी निरीक्षक दर्शन खड्का कञ्चनपुरको भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित

Image
Nisarga Hospital

कञ्चनपुरमा वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी निरीक्षक दर्शन खड्का भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनलाई ‘BEST POLICE OF THE MONTH’ घोषणा गरेको हो।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका अनुसार संगठनले दिएको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै कार्यसम्पादनमा उत्कृष्टता प्रदर्शन गरेकाले खड्कालाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

Attariya Hospital

उत्कृष्ट प्रहरी घोषित खड्कालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले प्रशंसापत्र प्रदान गर्दै सम्मान गरेका छन्। कार्यालयले प्रहरी सेवामा जिम्मेवारीप्रति प्रतिबद्धता, प्रभावकारी कार्यसम्पादन तथा उत्कृष्ट योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको जनाएको छ।

nawajiwan