सुन–चाँदीको मूल्यमा पुनः गिरावट, सुन २ लाख ९८ हजार ६ सयमा झर्‍यो

Image
Nisarga Hospital

नेपाली बजारमा शुक्रबार (असोज ९ गते) सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ९८ हजार ६०० रुपैयाँ कायम भएको हो। बिहीबार सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

CP Hospital Dhangadhi

यसअघि बिहीबार पनि सुनको मूल्य ३ हजार २०० रुपैयाँले घटेको थियो। बुधबार भने १०० रुपैयाँ बढेर ३ लाख २ हजार ३०० रुपैयाँ पुगेको सुन मंगलबार १ हजार ७०० रुपैयाँ घटेको थियो। सोमबार १ हजार ३०० रुपैयाँ घटेको सुन आइतबार २ हजार १०० रुपैयाँले बढेको थियो।

Attariya Hospital

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ४ हजार ६२० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी १६५ रुपैयाँले घटेको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ।

nawajiwan