
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न २४ विषयमा सहमति तथा समझदारी भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि जारी संयुक्त वक्तव्यमा आर्थिक सहयोग, ऊर्जा, पूर्वाधार, व्यापार, पर्यटन, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा प्रविधिलगायतका विषय समेटिएका छन्।

नेपाल र भारतबीच भएका २४ महत्त्वपूर्ण सहमति तथा समझदारी यसप्रकार छन् :
१. भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ सहयोग
-
भारतले नेपालको विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता उपलब्ध गराउने।
-
यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका लागि ऋण सुविधाका रूपमा उपलब्ध गराइने।
२. चितवनमा कृषि–औद्योगिक पार्क निर्माण
-
चितवनमा कृषि–औद्योगिक पार्क स्थापना गरिने।
-
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान निर्माणमा भारतले सहयोग गर्ने।
-
स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विकास आयोजनामा सहकार्य जारी राख्ने।
३. ‘विकसित भारत र समुन्नत नेपाल’ साझा लक्ष्य
-
दुवै देशको आर्थिक विकासलाई सँगसँगै अघि बढाउने।
-
सडक, रेल, ऊर्जा, जलस्रोत, व्यापार, उद्योग र पूर्वाधार क्षेत्रमा सहकार्य विस्तार गर्ने।
४. काठमाडौं–भैरहवा–लखनउ हवाई मार्ग दुईतर्फी बनाइने
-
काठमाडौं र भैरहवा हुँदै लखनउ जोड्ने हवाई मार्गलाई दुवैतर्फबाट सञ्चालन गर्न मिल्ने बनाइने।
-
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउन सहयोग पुग्ने अपेक्षा।
५. नेपालले भारतका थप दुई समुद्री बन्दरगाह प्रयोग गर्न पाउने
-
गुजरातस्थित कान्डला र ओडिशास्थित पारादीप बन्दरगाह प्रयोग गर्न पाउने।
-
यससँगै नेपालले प्रयोग गर्न पाउने भारतीय बन्दरगाहको संख्या पाँच पुग्ने।
६. रेलमार्ग, पुल, जाँच चौकी र पाइपलाइन विस्तार
-
सीमापार रेलमार्ग तथा पुल निर्माणमा सहकार्य गर्ने।
-
एकीकृत जाँच चौकी र पेट्रोलियम पाइपलाइन विस्तार गर्ने।
-
व्यापार तथा आवागमनलाई सहज बनाउने।
७. अयोध्या–जनकपुर रेल सेवा सुरु
-
भारतको अयोध्या र नेपालको जनकपुर जोड्ने सरयू–कमला एक्सप्रेस रेल सेवा सुरु।
-
धार्मिक पर्यटन प्रवर्द्धनका लागि बौद्ध तथा शिव–शक्ति पर्यटन सर्किट विकासको सम्भावना खोजिने।
८. रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सर्वेक्षण अन्तिम
-
रक्सौल–काठमाडौं रेलमार्गको स्थलगत मार्ग निर्धारण सर्वेक्षण अन्तिम भएको घोषणा।
-
नेपालको पूर्व–पश्चिम रेलमार्ग विकासमा समेत भारतले सहयोग गर्ने।
९. बनबासामा नयाँ एकीकृत जाँच चौकी निर्माण
-
नेपाल र भारतका प्रधानमन्त्रीले बनबासामा नयाँ एकीकृत जाँच चौकीको शिलान्यास।
-
भैरहवा, सुनौली र दोधारा–चाँदनीमा पनि यस्ता चौकी निर्माणको काम अघि बढाइने।
१०. दार्चुला–धार्चुला जोड्ने मोटरेबल पुल उद्घाटन
-
नेपाल र भारत जोड्ने नयाँ सवारीसाधन सञ्चालनयोग्य पुल उद्घाटन।
-
सीमावर्ती नागरिकको आवागमन, व्यापार तथा दैनिक गतिविधि सहज हुने।
११. सीमा स्तम्भ मर्मत र विवाद समाधानमा पहल
-
सीमा स्तम्भको मर्मत तथा सम्भारमा भएको प्रगतिको स्वागत।
-
बाँकी सीमा विवाद समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई प्रक्रिया अघि बढाउन निर्देशन।
१२. पेट्रोलियम पाइपलाइन विस्तार र झापामा नयाँ टर्मिनल
-
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण समर्पण।
-
झापामा पेट्रोलियम टर्मिनल निर्माणको शिलान्यास।
-
सिलिगुडीदेखि झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन निर्माण अघि बढाइने।
१३. नेपालमा ग्यास पाइपलाइन निर्माणको अध्ययन
-
नेपालमा ग्यास पाइपलाइन निर्माणको सम्भाव्यता अध्ययन गरिने।
-
सिलिन्डरमार्फत हुने ग्यास आपूर्तिको विकल्पका रूपमा पाइपलाइन प्रणालीको सम्भावना खोजिने।
१४. जलविद्युत् क्षेत्रमा भारतीय लगानी विस्तार
-
नेपालका जलविद्युत् आयोजनामा भारतीय लगानी र सहकार्य बढाइने।
-
निर्माणाधीन आयोजनालाई शीघ्र सम्पन्न गर्न पहल गरिने।
-
उत्पादित विद्युत् भारत निर्यात गर्ने अवसर विस्तार गरिने।
१५. ६६९ मेगावाटको तल्लो अरुण आयोजना शिलान्यास
-
प्रधानमन्त्रीद्वयले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास।
-
विद्युत् उत्पादन तथा निर्यात क्षमता बढाउने लक्ष्य।
१६. पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजना अघि बढाइने
-
पञ्चेश्वर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो टुंग्याइने।
-
सप्तकोशी र सुनकोशी आयोजनाको डीपीआर निर्माण प्रक्रिया तीव्र पारिने।
-
विद्युत् उत्पादन, सिँचाइ र बाढी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा।
१७. नेपाल–भारतबीच दुई ठूला विद्युत् प्रसारण लाइन निर्माण
-
इनरुवा–नयाँ पूर्णिया प्रसारण लाइन निर्माण अघि बढाइने।
-
दोधारा–बरेली प्रसारण लाइन निर्माण गरिने।
-
विद्युत् आयात–निर्यात सहज बनाउन संयुक्त उद्यम गठनको प्रक्रिया अघि बढाइने।
१८. नेपालमा भारतको प्रतिष्ठित आईआईटी क्याम्पस स्थापना
-
भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस नेपालमा स्थापना गर्ने सहमति।
-
इन्जिनियरिङ, विज्ञान, प्रविधि र अनुसन्धान क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्ने अपेक्षा।
१९. स्टार्टअप, डिजिटल प्रविधि र अन्तरिक्ष क्षेत्रमा सहकार्य
-
नयाँ व्यवसाय, डिजिटल प्रविधि र वित्तीय सेवामा सहकार्य विस्तार।
-
अन्तरिक्ष, नवप्रवर्तन तथा प्रविधिमा आधारित अनुसन्धानलाई प्रोत्साहन गरिने।
२०. बैंकिङ र दूरसञ्चार सेवा सहज बनाइने
-
दुवै देशका नागरिकलाई बैंकिङ तथा दूरसञ्चार सेवा प्रयोगमा सहजीकरण गरिने।
-
पैसा पठाउने, बैंकिङ कारोबार गर्ने र मोबाइल सेवा प्रयोगका कठिनाइ कम गर्ने।
२१. प्रहरी अनुसन्धान र सरकारी कर्मचारीको तालिममा सहकार्य
-
प्रहरी अपराध अनुसन्धान, सुरक्षा क्षमता र तालिममा सहकार्य विस्तार।
-
नेपाली निजामती कर्मचारीको क्षमता अभिवृद्धि तथा प्रशासनिक तालिममा भारतले सहयोग गर्ने।
२२. स्वास्थ्य, आयुर्वेद, पशुपालन र मत्स्यपालनमा सहकार्य
-
स्वास्थ्य सेवा, आयुर्वेद तथा परम्परागत उपचार पद्धतिमा सहकार्य।
-
पशुपालन र मत्स्यपालन व्यवसायको विकासमा प्रविधि तथा सीप आदानप्रदान गरिने।
२३. इसरोसँग भूउपग्रह सञ्चार र सहरी विकासमा सहकार्य
-
भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरोसँग भूउपग्रहमा आधारित सञ्चार सञ्जाल विकासमा सहकार्य।
-
दक्षिण एसियाली भूउपग्रहको उपयोग गरी दुर्गम क्षेत्रमा सञ्चार पहुँच विस्तार गरिने।
-
दिगो सहरी विकासमा भारतले प्राविधिक सहयोग गर्ने।
२४. जलवायु परिवर्तन, विपद् व्यवस्थापन र खेलकुदमा सहकार्य, मोदी नेपाल आउने
-
जलवायु परिवर्तन तथा प्राकृतिक विपद् व्यवस्थापनमा सहकार्य विस्तार।
-
बाढी, पहिरो र भूकम्पका बेला पूर्वसूचना, उद्धार तथा व्यवस्थापनमा अनुभव र प्रविधि आदानप्रदान।
-
खेलकुद क्षेत्रमा समेत सहकार्य बढाइने।
-
प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। मोदीले निमन्त्रणा स्वीकार गरेका छन्। तर भ्रमणको मिति भने सार्वजनिक भएको छैन।
स्रोत : नेपाल–भारत संयुक्त वक्तव्य, २३ नोभेम्बर २०२६।




























