नेपालमा मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन, हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

Image
Nisarga Hospital

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार अहिले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु र तुवाँलो लागेको छ। बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहनेछ भने देशका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाले मौसमसम्बन्धी थप जानकारी तथा अद्यावधिक पूर्वानुमानका लागि नियमित सूचना हेर्न आग्रह गरेको छ।