
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । माघको पहिलो साताबाट प्रसारणमा आउने सिरियललाई सन्तोष राजबाहकले निर्देशन गर्नेछन् । टेलिसिरियलमा शिशिर भण्डारीकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।

पारिवारिक तथा सामाजिक कथामा तयार भएको सिरियलको कथामा सस्पेन्स र थ्रिलललाई पनि प्राथमिकता दिईने शिशिले बताएका छन् । ‘केही नव कलाकारहरूसँगै केही नाम चलेका कलाकारहरू समावेश गरेर सिरियल आउँदैछ’ भण्डारीले भने, ‘मेहनतका साथ सिररियलको कथा तयार पारेका छौं, सिरियल सबै नेपालीको दुख सुखको साथी बन्नेछ, अनि अर्को भागमा के हुन्छ भन्ने कौतुहलतालाई हरेक भागको अन्त्यमा छोड्नेछ ।
रेडियो र टेलिभिजनमा प्रस्तोता हुँदै करिअर अगाडि बढाएका भण्डारीले केही चलचित्रमा अभिनय गरेका छन् । थुप्रै गीत सिर्जना गरेका उनले मोडलिङ गरेका म्युजिक भिडियोहरू पनि रुचाइएका छन् ।


जसमध्ये ‘फोटो फिरिममा’ उनको सिर्जना र अभिनय रहेको चर्चित गीत हो । अहिलेकी सर्वाधिक चर्चितमध्येकी गायिका रचना रिमालको स्वरमा झन्डै चार वर्षअघि सार्वजनिक गीतलाई स्रोता दर्शकले निकै रुचाएका थिए ।
शिशिरले सिरियलको बारेमा जानकारी दिई तयार पारेको यो भिडियो हेर्नुस ।































