गौरा पर्वको मौलिकता र देउडाको रौनक समेटेर दिर्घ फुलाराले सार्वजनिक गरे ‘गमराई को मेला’

Image
Nisarga Hospital

अत्तरियाः सुदूरपश्चिमको मौलिक पर्व गौरा नजिकिँदै गर्दा देउडा गीत ‘गमराई को मेला’ सार्वजनिक भएको छ। गौरा पर्वमा गाइने परम्परागत देउडा भाका, महिला–पुरुषबीच हुने देउडा खेल तथा सुदूरपश्चिमका पहाडी जिल्लाको सांस्कृतिक मौलिकतालाई भिडियोमार्फत आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

CP Hospital Dhangadhi

‘गमराई को मेला’मा दीर्घराज फुलारा र गौरी भट्टको स्वर रहेको छ भने गीत तथा संगीत दीर्घराज फुलाराको हो। संगीत संयोजन भूमिराज थापाले गरेका छन् भने मिक्सिङ विशाल बोहराले गरेका छन्। भिडियोको निर्देशन भीम थापाले गरेको गित अत्तरियाको कुसुम डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको हो।

Attariya Hospital

गीतको भिडियोमा दीर्घराज फुलारा र बाबी सिंह ठकुरीले अभिनय गरेका छन्। सुदूरपश्चिमको मौलिक संस्कृति, देउडाको भाका र गौरा पर्वको उत्सवमय वातावरणलाई जीवन्त बनाउने प्रयास गरिएको ‘गमराई को मेला’ले नयाँ पुस्तामाझ देउडा संस्कृतिको पहिचान र आकर्षण अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ।

nawajiwan