सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा छायांकन गरिएको देउडा गित ‘मन रहेन बसमा’ सार्वजनिक

Image
Nisarga Hospital

अत्तरियाः  सुदूरपश्चिमको मौलिक कला, संस्कृति र प्रेमभावलाई समेटिएको नयाँ देउडा गीत ‘मन रहेन बसमा’ पुष्कर अवस्थी युट्युबमार्फत सार्वजनिक गरिएको छ। बिग इन्टरटेन्मेन्ट को प्रस्तुतिमा रहेको गीतमा गोपाल दयाल र टीका पुनको स्वर, गोपाल दयालकै शब्द तथा संगीत रहेको छ।

CP Hospital Dhangadhi

सुरेन्द्र संगमको निर्देशनमा तयार भएको गीतको भिडियोमा जगत साउद र अस्मिता कुँवरले अभिनय गरेका छन्। भिडियो छायांकन आदित्यविक्रम क्षेत्री र किशोर रिमालले गरेका हुन् भने मेकअप सरिता रावतले गरेकी छन्। मनोज परियारले मिक्सिङ तथा नारायण दंगालले एरेन्ज गरेका छन् भने भिडियो सम्पादन रमेश प्रसाद पाठक र कलर ग्रेडिङ पिआर जोशीले गरेका छन ।

गीतको भिडियो सुदूरपश्चिमका विभिन्न पर्यटकीय तथा प्राकृतिक क्षेत्रलाई पृष्ठभूमि बनाएर छायांकन गरिएको छ। छतिवन, बुडर, गड्डाचौकी, माहाकाली, खानीडाँडा, सहजपुरलगायतका रमणीय क्षेत्रमा छायांकन गरिएको हुँदा गीतको आकर्षण थप बढाएको छ।

माया–प्रेमको भावनासँगै सुदूरपश्चिमको मौलिक देउडा संस्कृति, प्राकृतिक सौन्दर्य र स्थानीय परिवेशलाई भिडियोमा प्रस्तुत गरिएको छ। नयाँ पुस्तामाझ देउडा संगीतको पहुँच विस्तार गर्दै मौलिक संस्कृति संरक्षणमा योगदान पुर्‍याउने उद्देश्यले गीत निर्माण गरिएको निर्माण पक्षले जनाएको छ। गीत सार्वजनिक भएसँगै सुदूरपश्चिमको कला, संस्कृति र पर्यटनलाई एकैसाथ उजागर गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ।

Dhnagadhi & Krishanapur