
बेङ्लोर, भारत : नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत दक्षिण भारत क्षेत्रको १२औं क्षेत्रिय अधिबेशन सम्पन्न भएको छ ।
भारतको गार्डन सिटी बेंगलोरमा क्षेत्रिय अध्यक्ष श्री ईन्द्र राज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रिय अध्यक्ष एवं नेपाली काँग्रेस केन्द्रिय समितिका पुर्ब आमन्त्रित केन्द्रिय सदस्य श्री बालकृष्ण पाण्डेयले दीप प्रज्वलनका साथ पण्डित श्री जनेश्वर जोशी द्वारा स्वस्ती बाचन र सुपर डान्सर नेपाली छोरी अनाहिता झाको शुभ मङ्गल नृत्य प्रस्तुति बाट कार्यक्रम उद्घाटन भएको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय महासचिव माधवराज खडायतले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति भारतका महामन्त्री श्री जगन्नाथ पौडेल, अतिथीहरु केन्द्रिय सह-महामन्त्री श्री दिपक कुमार झा, केन्द्रिय शिक्षा सचिव श्री काशीराम आचार्य, केन्द्रिय सदस्य श्री बिमल राज बिष्ट, प्रबासी नेपाली संघ भारत – कर्नाटका केरला संयुक्त राज्य समिति अध्यक्ष एबम केन्द्रिय सदस्य श्री माधव भण्डारी , सचिव श्री राजेन्द्र खनाल, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र का सचिव एबम केन्द्रिय समिति सचिव राम सिंह बि.क. , अखिल भारत नेपाली एकता मंच का केन्द्रिय सचिवालय सदस्य जयलाल बि.क., मूल प्रबाह अखिल भारत नेपाली एकता समाज का केन्द्रिय सदस्य नरेश कुमार बि.क, विभिन्न सञ्चारकर्मी एवं सञ्चारकर्मी स्थानीय उधोगी ब्यबसायी, स्थानिय राजनीतिज्ञ प्रतिनिधिहरु लगायतको गरिमामय सहभागितामा सु-सम्पन्न भएको छ।



१२औं अधिबेशन बाट प्रमुख निर्वाचन अधिकृत श्री काशिराम आचार्य, सहायक निर्वाचन अधिकृत श्री बिमल राज बिष्ट र केन्द्रिय प्रतिनिधि श्री दिपक कुमार झा ले सर्बसम्मत रुपले निर्वाचित श्री माधव राज खडायत को अध्यक्षतामा २१ सदस्यीय कार्यसमति चयन भएको घोषणा गर्नुभयो भने केन्द्रिय अध्यक्ष श्री बालकृष्ण पाण्डेयले नवनिर्वाचित अध्यक्ष सहित सम्पूर्ण पदाधिकारी सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । सो अवसरमा प्रमुख अतिथि पाण्डेले नेपालीहरु प्रबासिनु बाध्य भएको कारण नेपालमा रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन नहुनु, भ्रष्टाचार ले चरम जरा गाडेको कारणले बताउदै अब सरकार ले बिदेशीने युवाहरुको समस्या समाधान नगर्ने हो भने पुरा गाउँ नै रित्तिने भएको बताउदै अब रोजगारी, शिक्षा, स्वास्थ्य, उद्योग, सुशासन व्यवस्था गरि भ्रष्टाचार मुक्त समाज र उद्योग धन्दा को व्यवस्था गर्न अपिल गर्नु भयो । वर्तमान अवस्थामा ४०% रेमिटान्स प्रवास बाटै आएको छ तर नेपाल का राजनीतिक दलहरु र नेपाल सरकारले प्रबासी नेपालीहरुलाई अपहेलना गरेकोले अब प्रबासमा रहेका नेपालीहरुको हकहित र न्याय को लागि हामी सबै मिलेर काम गर्न अपिल गर्नु भयो। महामन्त्री जगन्नाथ पौडेल ज्यू ले नेपाली जनसम्पर्क समिति को संगठनिक गतिविधिको बारेमा जानकारी दिनुभयो ।
केन्द्रिय सह-महामन्त्री दिपक कुमार झा ले सम्पूर्ण अधिबेशनको प्रक्रिया, दक्षिण भारत को गतिबिधि बारे जानकारी गराउदै २६ शाखाहरुले विधिवत रुपले शाखा अधिबेशन सम्पन्न गरि दक्षिण भारत मा दर्ता भएको र उक्त शाखाहरुमा १५३० सदस्यहरुले आफ्नो सदस्यता शुल्क सहित दर्ता भएको जानकारी गराउनु भएको थियो र केही बाँकी रहेका शाखाहरुलाई पनि निरन्तर दर्ता गरिने जानकारी गराउनु भयो। केन्द्रिय शिक्षा सचिव श्री काशीराम आचार्य, केन्द्रिय सदस्य श्री बिमल राज बिष्ट, क्षेत्रिय कोषाध्यक्ष श्रीमती बिष्णु पौडेल, शाखा अध्यक्ष गंगाराम आचार्य, प्रबासी नेपाली संघ भारत – कर्नाटका केरला सयुक्त राज्य समिति अध्यक्ष एबम केन्द्रिय सदस्य श्री माधव भण्डारी , सचिव श्री राजेन्द्र खनाल, अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्र का सचिव एबम केन्द्रिय समिति सचिव राम सिंह बि.क. , अखिल भारत नेपाली एकता मंच का केन्द्रिय सचिवालय सदस्य जयलाल बि.क., मूल प्रबाह अखिल भारत नेपाली एकता समाज का केन्द्रिय सदस्य नरेश कुमार बि.क ले शुभकामना मन्तब्य राख्नु भएको थियो।

































