अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पद्यम पब्लिक मा.वि.प्रथम

Image
Nisarga Hospital

३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०८० को अवसरमा भैरवप्रसाद गण सिलगढीद्वारा आयोजित अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पद्यम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय प्रथम भएको छ ।

CP Hospital Dhangadhi

प्रतियोगितामा पद्यम पब्लिक मुक्तिनारायण मा.वि.ले ३६ अंक ल्याएर प्रथम भएको हो ।
जम्मा ६ वटा विद्यालय सहभागि प्रतियोगितामा मोर्निङ् लाइट बोर्डिङ् स्कुलले २५ अंक ल्याएर द्वितीय भएको छ भने पवित्र आवासीय माध्यमिक विद्यालय २१ अंक ल्याएर तृतिय भएको छ ।

Attariya Hospital

त्यस्तै भागिरती एकेडेमीले २० अंक, दुर्गा मा.वि.ले १९ अंक र जेनियस एकेडेमीले १६ अंक ल्याएका छन् । विद्यालयको औपचारिक शिक्षाका साथै विद्यार्थीको चौथर्फी ज्ञानको विकासमा टेवा पुर्याउने उद्धेश्यले पृथ्वी जयन्ती र राष्ट्रिय एकताको अवसरमा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको आयोजक भैरवप्रसाद गणका प्रमूख सेनानी परिक्षीत देउजाले बताए ।

nawajiwan

प्रतियोगितामा पुरस्कार तथा प्रमाण पत्र वितरण गर्दै उनले भने–‘प्रतियोगितामा जित हात पार्नु सफलता त हो नै, यसका साथै सहभागिता जनाउनु पनि एक प्रकारको सफलता भएको हो ।’
सिलगढीस्थित भैरवप्रसाद गणभित्रै आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिष्पर्धी विद्यार्थीसँगै शिक्षक, पत्रकार र नेपाली सेनाको सहभागिता रहेको थियो ।