
शिशिर भण्डारीको बहुप्रतिक्षित सिरियल फोटो फिरिममा आज राती ८ ः ३० बजेदेखि हरेक सोमबार राती सोही समयमा शिशिर भण्डारी युट्युब च्यानलबाट प्रसारणमा आउने भएको छ । सिरियलको कथा, पटकथा तथा संवाद शिशिर भण्डारीले नै लेखेका हुन् । केहि दिनअघि सिरियलको ट्रेलर प्रसारण भए देखि नै सिरियल कहिले आंछ भनेर धेरै दर्शकहरु प्रतिक्षामा बसेका थिए । कतिले सिरियलको ट्रेलरलाई पहिलो ट्रेलर जस्तै लाग्यो भनेका थिए भने कतिले नेपालकै नं वान सिरियल फोटो फिरममा बन्नेछ, भन्ने कमेन्ट लेख्दै शिशिरलाई बधाई तथा शुभकाना पनि दिएका थिए ।

केहि बर्ष अघि नै शिशिर भण्डारी एउटा स्तरीय सिरियल बनाउने सोचमा थिए । उनले सुरुमा शहरको एक धनाड्य परिवारको कथा सिरियलमा उठाउने सोचेका थिए तर सुटिंगको लागि त्यहि अनुसारको घर नपाउंदा र खर्च पनि बढि लाग्ने भएकाले शिशिरले गाउंघरकै घटनालाई सिरियलमा उठाए । प्राय बिदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुले नेपाली सिरियल हेर्ने भएकाले गाउंकै कथा सिरियलमा उठाउने निर्णय आफुले लिएको शिशिर बताउंछन् । उनको सिरियललाई उनका सबै जसो गीतका निर्देशक समेत रहेका निर्देशक सन्तोष राजवाहकले निर्देशन गरिरहेका छन् भने ज्ञानेन्द्र शर्मा हुमागाईले सिरियलको छायांकन गरेका हुन् । सिरियलको एक मुख्य भुमिकामा शिशिर भण्डारीको पनि अभिनय रहेको छ भने प्राय नव कलाकारहरु सिरियलमा देखिन्छन् । नयां भए पनि निकै खारिएका र अभिनयमा खप्पिस कलाकारहरुलाई शिशिरले सिरियलमा मौका दिएका छन् ।
सिरियलको केन्द्रिय भुमिकामा मोडल तथा कलाकार दिपिका थापाको अभिनय रहेको छ । लामो समयदेखि चलचित्र क्षेत्रमा संलग्न कलााकार बिपना बस्नेत अर्थात नक्कली हिसिला यमीको पनि सिरियलमा मुख्य भुमिका रहेको छ । यता बिपनाकै रियल लाईफ छोरा रिनेक्स बस्नेतले पनि सिरियलमा गज्बको अभिनय गरेका छन् । टिकटकबाट उदाएकी आभा थापाले पनि सिरियलमा शसक्त अभिनय प्रस्तुत गरेकी छिन् । यसबाहेक रिजाव गौतम, अभिनाश गौतम, निरज घिमिरे, गीता थापा, मोहन भण्डारीको पनि सिरियलमा अभिनय रहेको छ । यता दर्शकहरुको मनै लोभ्याउने अभिनय भने शिशिरको आफ्नै छोरा अनुरोध भण्डारीले गरेका छन् ।

शिशिर भण्डारीको शव्द तथा संगीत रहेको चर्चित गीत फोटो फिरिमममाको शिर्षक मै सिरियल बनाईएको हो । सिरियलको कथाले गीतको शिर्षकलाई न्याय दिने बताउंदै शिशिरले सम्पुर्ण दर्शकहरुलाई आफ्नो र आफ्नो टिमको मेहनतलाई एकपटक हेरेर सल्लाह, सुझाव, प्रतिक्रिया दिन अनुरोध गरेका छन् । याद गर्नुहोला । फो्टो फिरिममा सिरियल शिशिर भण्डारी युट्युब च्यानलबाट आज सोमबार राती ८ः३० बजेदेखि हरेक सोमबार सोही समयमा प्रसारण हुदैछ । सिरियलको ट्रेलर हेर्नुस





























