
धनगढीः डेउडा प्रतिष्ठान वैङ्गलोर आयोजना तथा झुतेरा युवा क्लवको सह आयोजनामा भुव पर्व-२०८० लक्षित “ऐतिहासिक भुव प्रस्तुति एवं वृहत् साँगितिक सांस्कृतिक कार्यक्रम-२०८०” जनवरी 14 तारिख पौष २९ गतेका दिन निकै भव्यताका सम्पन्न भएको संस्थाका अध्यक्ष करन विकले बताउनु भयो। उक्त कार्यक्रममा नेपाल बाट मुख्य अतिथि कलाकार लक्षमण अधिकारी”दुबईको लाहुर्या”,गोबिन्द विष्ट लगायत थुप्रै चर्चित कलाकारहरुका बेजोड प्रस्तुतिहरु रहेको अध्यक्ष विकले बताए ।

भाषा,कला,साहित्य र संस्कृतिको जगेर्ना गर्नु हाम्रो दायित्व हो भन्ने मुलनाराका साथ स्थापनार्थ संस्था डेउडा प्रतिष्ठान हो । यसका विभिन्न जिल्ला एवम् बिदेशी शाखाहरुले समयसमयमा संस्कृति जगेर्नाका नविन कार्यक्रमहरुको थालनी गर्दै गर्दा भारत शाखा वैङ्लोरले विगत वर्षौं देखिन कामहरु गर्दै रहेको र यो ऐतिहासिक काम नेपालमा मात्र नभई प्रवासमा समेत सुदूरपश्चिमेलिजन बस्दै आएकोले आफुहरुको योजना सुसम्पन्न हुँदा आफुहरु हर्षित भएको संस्थाका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र साउदले बताउनु भयो।
साथै ऐतिहासिक समारोह भुवो भस्सो तथा सांस्कृतिक कार्यक्रममा सहभागी भइ कार्यक्रमलाई सभ्य बनाउनसहयोग गर्नु हुने सम्पुर्णमा धन्यवाद समेत ज्ञापन गरेका छन ।


संस्थाले शाका विस्तार गरे पश्चात् लोक संस्कृति प्रतिको मोह प्रवासमा समेत चुलेको र यसले अन्य थुप्रै प्रवासिजनहरुले डेउडा प्रतिष्ठान लगायत अन्य संस्थाहरुमा आवद्धता जनाउँदै गरेको र हामीले थालनी गरेका अभ्यास बाट संघ/संस्था र कला क्षेत्रमा सबैले विश्वास बढाएको कुरा उहाँहरुले व्यक्त गर्नु भयो ।
कला संस्कृतिको जगेर्ना,प्रवासमा नेपालीजनको एकता,दुख पिरमा आफ्नाहरुको आवश्यकता र नेपालीहरुले प्रदेशमा भोग्दै आएका कठिनाइहरु लाई निर्मुल पार्न संस्था हरपल लागिरहेको र संस्थाको सिमा भन्दा बाहिर रहेका नेपालीजनमा संस्थामा आवद्धताका लागि समेत अनुरोध गरेका छन।































