माघ १६ गतेदेखि २२ गतेसम्म चैतन्य स्टिम वर्कसप सञ्चालन हुँदै

Image
Nisarga Hospital

धनगढी ःधनगढीको चैतन्य पाठशालाले ूचैतन्य स्टिम वर्कसप, २०८० आयोजन गर्ने भएको छ। पाठशालाको साइन्स एण्ड रोबोटिक्स विभागका विद्यार्थीहरूको आयोजनामा वर्कसप हुने भएको हो। मङ्गलवार पाठशालाले आयोजना गरेको पत्रकार सम्मेलनमा माघ १६ गतेदेखि २२ गतेसम्म चैतन्य स्टिम वर्कसप सञ्चालन हुने जानकारी दिइएको छ।

CP Hospital Dhangadhi

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको पाठशालाले विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणमा रुचि राख्ने विद्यार्थीहरुलाई लक्षित गरी वर्कसप गर्ने तयारी थालेको हो। पाठशालाले वर्कसपमा धनगढीका विभिन्न विद्यालयका कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुलाई निस्शुल्क सहभागी गराइने जानकारी दिएको छ। वर्कसपमा विभिन्न विद्यालयका करिब २ सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहने छ। विद्यार्थीहरुलाई विज्ञान,प्रविधि,अनुसन्धान तथा अन्वेषणको प्रयोगात्मक अभ्यास र सिकाइ प्रवर्द्धन गर्न वर्कसपमा धिरेन्द्र चन्द सोडरी लगायतका काठमाडौं र हेटौडाका ६ जना युवा वैज्ञानिकहरुको समेत सहभागिता रहने बताइएको छ।

Attariya Hospital

चैतन्य पाठशालाका सिइओ गणेशप्रसाद जोशीले विज्ञान र प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरुलाई बाल्यकालदेखि नै भविष्यको वैज्ञानिक बन्न उत्प्रेरित गर्न वर्कसप आयोजना गर्न लागेको बताए। उनले विद्यार्थीहरूलाई अनुसन्धान र अन्वेषणको क्षेत्रमा लाग्न प्रेरित गर्न विभिन्न ११ विधामा १ हप्ताको सिकाइ सञ्चालन गरिने बताए। सिइओ जोशीले वर्कसपमा आर्टिफिसियक इन्टेलिजेन्स क्याम्प, रकेट साइन्स क्याम्प,एस्ट्रोनोमी क्याम्प, रोबोटिक्स क्याम्प, एभिएसन क्याम्प, स्याटेलाइट क्याम्प, ड्रोन डेमोनेस्ट्रेसन, द म्याजिक अफ फिजिक्स, टेक ग्याम विद एक्साइटिङ प्राइज र साइन्टिफिक हार्डवेयर एक्जिविसन हुने बताए।

nawajiwan

वर्कसपमा रिमोट कन्ट्रोलबाट जहाज उडाउने र आर्टिफिसियल इन्टिलिजेन्सका अभ्यासहरु गर्न लगाइने बताइएको छ। वर्कसपले विद्यार्थीहरूलाई विज्ञान र प्रविधिको क्षेत्रमा थप सिक्ने अवसर दिने र भोलिको अध्ययनका लागि विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने पाठशालाका सिइओ जोशीले बताए। उनले वर्कसप गर्न करिब पाँच लाख खर्च हुने अनुमान गरेको बताए।