
धनगढी: गोदावरी नगरपालिका वडा नम्बर ८ मजगाँउमा तीन दिने माघि महोत्सव हुने भएको छ। थारू कल्याणकारिणी सभाको आयोजनामा माघ १२, १३ र १४ गते महोत्सव सञ्चालन हुने भएको हो ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनिक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ तीन दिने महोत्सव सञ्चालन गरिन लागेको सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए । महोत्सवको प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले समुद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा स्थानीय भााँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला सस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु समाज सेवा तथा प्रतिभावन व्यक्तिहरुलाई सम्मान, ठुलो पिङ, चर्खा तथा अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ।

महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायत १५ बढी स्टल रहने छ। महोत्सवमा २६ गाउँका थारू नाच प्रस्तुत हुने छ।पाँच लाख अनुमानित लगानीमा हुन लागेको महोत्सवमा हजारौले अवलोकन गर्ने अनुमान गरिएको छ। लोप भइरहेको कृर्षिलाई संरक्षण गर्न महोत्सव गरिन लागेको अध्यक्ष जनकलालले बताए। महोत्सवलाई सफल बनाउन अध्यक्ष जनकलालको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ।





























