
मासु जिब्रोको लागि स्वादिलो त हुन्छ नै, यो प्रोटिनको राम्रो स्रोत पनि हो । बदलिंदो खानपान शैलीसँगै मासु दिनहुँ खाने चलन पनि बढिरहेको छ । तर यसरी हरेक दिन मासु खानु कति स्वास्थ्यबर्द्धक हुन्छ ? यो प्रश्न धेरैको मनमा आउन सक्छ ।

पोषणविद् आयुष अधिकारी भन्छन्, ‘धेरै खाएमा मासु मात्र होइन, सबै खानेकुराले हानि गर्छ । दैनिक वा नियमित शरीरलाई चाहिने भन्दा बढी मासु खाँदा फाइदा भन्दा पनि बेफाइदा हुन्छ ।’
मासु खानेभन्दा मासु नखानेको स्वास्थ्य राम्रो हुने प्रमाणित भइसकेको छ । केही वैज्ञानिक अध्ययनहरुले पत्ता लगाएका छन्, सबै प्रकारका मासु तथा माछामा स्याचुरेटेड फ्याट पाइन्छ जसले गर्दा कोलस्ट्रोल बढ्छ ।यसको कारणले मुटुसम्वन्धि रोगहरु पैदा हुन्छन् । जबकि शाकाहारी भोजनमा स्याचुरेटेड फ्याट कम हुन्छ ।अध्ययनबाट यो पनि पमाणित भएको छ कि जो मानिसहरु शाकाहारी भोजन

गर्छन् उनीहरुको कोलस्ट्रोल लेवल घट्छ र मुटुसम्वन्धि बिमारीहरुको खतरा पनि कम हुन्छ । यस आलेखमा हामी मासु नखाँदा शरीरलाई पार्ने असरको विषयमा चर्चा गर्दैर्छौं ।
मासु कति खाने, कसरी खाने ?
मानिसको तौल, शारीरिक बनावट, कामको प्रकृति, व्यायाम र स्वास्थ्य अवस्था अनुसार मासु खानु उपयुक्त हुने पोषणविद् उमा कोइराला बताउँछिन् ।
‘सबैलाई यति नै मासु खाएमा फाइदा हुन्छ भन्न मिल्दैन । तर विश्वव्यापी मान्यताअनुसार शरीरमा एक किलो तौल बराबर एक ग्राम प्रोटिन चाहिन्छ भनिन्छ । त्यस हिसाबले हेर्दा हामीलाई सरदर ५० किलो तौलको मान्छे छ भने ५० ग्राम मासु खानुपर्छ,’ उनी भन्छिन्, ‘तर हामीले मानिसको तौल र मासु नापतौल गरेर खाने सम्भव हुँदैन र छैन पनि । त्यसैले सरदर एक जनाले दिनमा सय ग्राम मासु खान सकिन्छ ।’
कस्ता बिरामीले मासु नखाने ?
उच्च रक्तचाप, कोलेस्टेरोल, मिर्गौला, पित्तसम्बन्धी रोग, बाथरोगका बिरामी, युरिक एसिडका बिरामीले माछामासु नखाँदा राम्रो हुने पोषणविद् कोइराला बताउँछिन् । ‘कतिपय मिर्गौलाका बिरामीले तागतका लागि मासुको एकदम पातलो झोल चाहिं खान सकिन्छ । मधुमेहका बिरामीले मासु कम खानु राम्रो हुन्छ,’ उनी भन्छिन् ।
1. तौल नियन्त्रण हुन्छ – मासु छोड्ने मानिसहरुको वजन लगभग १० पाउन्डसम्म कम हुन सक्छ । उनीहरुलाई आफ्नो क्यालोरी बढेको चिन्ता हुँदैन र उनीहरुले धेरै वर्क आउट पनि गर्नु पर्दैन । शाकाहारी भोजनले सबै कुरालाई सन्तुलनमा राख्न मद्दत गर्छ ।

2. मुटु रोगको खतरा कम हुन्छ – रेड मिट खाँदा मुटु रोगका खतरा अधिक हुन्छ । रेड मिटमा मौजूद कार्निटिनको केमिकल रियाक्सनका कारण हाम्रो मुटुमा यसको नकारात्मक प्रभाव पर्छ ।
3. कोलस्ट्रोल एक तिहाई कम हुन्छ – यदि तपाईंले मासु खान छोडिदिनुभयो भने तपाईंको रगतमा कोलस्ट्रोलको मात्रा एकाएक कम हुन्छ । यसको तुलना कोलस्ट्रोल क मगर्ने औषधिसँग पनि गर्न सकिन्छ ।
4. पेटमा प्रोटेक्टिभ ब्याक्टेरिया बढ्छ – एउटा अध्ययनबाट पत्ता लागेको छ कि शाकाहारी भोजन गर्ने मानिसहरुको पेटमा बढि प्रोटेक्टिभ ब्याक्टेरिया पाइन्छ । जबकि मासु खाने मानिसहरुमा यसको अभाव हुन्छ । त्यसैले मासु नखाँदाको एउटा फाइदा यो पनि हो । ३. छाला स्वस्थ र सफा हुन्छ – शाकाहारी भोजन गर्ने व्यक्तिहरुको छालामा बढि डण्डीफोर, कोठी देखिँदैन । यदि तपाईं मासुको साटो फल र तरकारीहरु खानुहुन्छ भने तपाईंको त्वचा पनि सफा र स्वस्थ हुन्छ ।
5. शरीरमा फुर्ति बढ्छ – मासु खाने व्यक्तिको तुलनामा मासु नखाने व्यक्तिहरु कम थकान महसुस गर्छन् । शाकाहारी भोजनले केवल वजन बढ्ने र शरीरका विषाक्त पदार्थलाई मात्र नियन्त्रण गर्दैन, आफूलाई हल्का महसुस गर्न सकिन्छ ।
6. आफ्नो जिब्रोको स्वाद गुम्न सक्छ – जिंक हाम्रो जिब्रोको टेस्ट सेन्सेसनका लागि एक आवश्यक तत्व हो । रेड मिट र ओइस्टरमा अधिक मात्रामा जिंक पाइन्छ । तर, शाकाहारी भोजन गर्ने व्यक्तिहरुले कुनै अन्य स्रोतबाट जिंक प्राप्त गर्नुपर्ने हुन्छ । अन्यथा जिब्रोले स्वाद थाहा पाउन छोड्दै जान्छ ।
7. मसल्स बन्न समय लाग्छ – मांसपेशीहरुलाई मजबुत राख्नका लागि प्रोटिनको सबैभन्दा बढि आवश्यकता हुन्छ । प्लान्ट प्रोटिनले काम सुरु गर्न अत्यधिक समय लिन्छ । पोषणविदहरु शाकाहारी भोजन गर्ने व्यक्तिहरुलाई वर्क आउटपछि प्रोटिन लिने सल्लाह दिन्छन् ।
8. जीनले राम्ररी काम गर्छ – मासु खान छोडेर तरकारी मात्र खाने गरियो भने हाम्रो जीन निकै राम्रो हुन्छ । यसले शरीरको कामलाई सामान्य गर्न मद्दत गर्छ ।
9. पोषणको कमी हुन सक्छ – मासु खान छाडियो भने शरीरमा आयोडिन, आइरन, भिठामिन डी र बी १२ को कमी हुन सक्छ । त्यतिबेला यी पोषक तत्वहरुयुक्त सप्लिमेन्ट सेवन गरेर यसको कमि पुरा गर्नुपर्ने हुन्छ ।
बिभिन्न अनलाईनहरुबाट साभार




























