गोदावरीको हाटखोली बर्थिङ सेन्टर सञ्चालनमा, मेयर भट्टले गरे उदघाटन

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को हाटखोलीमा सुरक्षित प्रसुती तथा सुरक्षित गर्भपतन सेवाका लागि प्रसूति गृह (बर्थिङ सेन्टर) संचालनमा आएको छ ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उक्त बर्थिङ सेन्टरको आज शुक्रबार समुद्घाटन गरेका छन् ।

समुद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख विरेन्द्र भट्टले यस सुगम पालिकाको दुर्गम क्षेत्रमा यस्तरी र सुविधा सम्पन्न हुने गरी बार्थिङ सेन्टर सञ्चालनमा ल्याउन सकेको बताए । उनले वार्थिङ सेन्टर बनाउन जग्गा उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गरेका थिए ।

गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घटेको छ । यसअघि बर्थिङ सेन्टर गाउँमा नभएको र स्वास्थ्यचौकी टाढा हुँदा घरमै सुत्केरी हुने गरेका थिए। गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि सहज भएको गोदावरीका नगर प्रमुख विरेन्द्र भट्टले बताए ।

nawajiwan

नगर प्रमुख भट्टले गोदावरीका हरेक वडाहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रमा आफू लागि परेको बताए । उनले पालिकाको स्रोत साधनले भ्याए सम्म यस क्षेत्रका जनताको माग अनुसार एम्बुलेन्सको व्यवस्थामा लाग्ने बताए ।

२५ लाख लगानी मा बनेको शहरी स्वास्थ्य क्लिनिकमा ४ कोठे पक्की भवन सहित चेक जाँच गर्ने कक्ष, प्रसुती कक्ष लगायत सुविधा उपलब्ध रहेको छ ।

बर्थिङ सेन्टर स्थापना हुनुअघि स्याउले बजार हुदै अत्तरिया, धनगढी पुग्नुपथ्र्यो। अहिले गाउँमै सामुदायिक स्वास्थ्य एकाइमा पुगिन्छ।” आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको रमिता धामीको भनाइ छ।

Attariya Hospital

बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छट्पटाइरहेका हाटखोलीका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि यहाँ का महिलाले यो समस्याबाट निदान पाउनेमा गोदावरी ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले बताए । उनले भने, “

आफ्नै गाउँमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाले नयाँ जीवन पाएका छन्।

यस क्षेत्रमा घरधुरी ३४५ घर धुरी मध्य प्राय गरेर हाटखोली, बन्देगाडा, मुरिभावर लगायत ठाउँहरूका जनता भिर पाखामा दुर्घटनामा परेका, दीर्घरोगी, बालबालिकामा परेका समस्या, अपाङ, जेष्ट्नगरीक बढी मात्रामा सेवा लिँदै गरेको यसै क्षेत्रमा काम गर्दै गरेका अहेव कपिल साउदले बताए ।

कार्यक्रमममा गोदावरी नगरपालिकाकी उप मेयर शारदा देवी रोकाया, प्रमुख प्रशासकिय अधिकृत हरी दत्त भट्ट, वडा नं ४ का वडा अध्यक्ष हेम प्रकाश मल्ल, स्वस्थ्य शाखा प्रमुख नवराज अवस्थी लगायत, अन्य पालिकाको कर्मचारी समाजसेवी तथा स्थानिय जनताहरूको सहभागितामा बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् ।

कार्यक्रमको सञ्चालन गोदावरी नगरपालिकाका कर्मचारी कृष्ण भट्टले गरेका हुन् भने स्वागत मन्तब्य यस कपिल साउदले राखेका थिए ।