बैतडीमा कार्यालय सहयोगी मृत फेला

Image
Nisarga Hospital

बैतडी: मेलौली नगरपालिका-०८ काे कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५६ वर्षीय लक्ष्मण सिह बिष्ट शुक्रबार मृत भेट्टिएका छन्। विष्ट मेलौली नगरपालिका-०८ को हरडा खान धर्मशालाको उकालो बाटोमो मृत भेट्टिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले जानकारी दिनुभयो ।

CP Hospital Dhangadhi

आज बिहान उपचारको लागि धनगढी जाने क्रममा बाटाेमा मृत्युु भएको हाे।
प्रेसर र सुघर रोगबाट ग्रसित बिष्ट बिहान ०८ः२० बजे घोप्टो परेको अवस्थामा मृत भेटिएका हुन। घरबाट दुई छोरीसगं आएका बिष्ट तिनजना सडकमा बस रोक्न छोरीहरुलाई अगाडी पठाएका थिए। आफु बिस्तारै आउदै गरेका बिष्ट बाटोमा घोप्टिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

मृतक बिष्टको शब मेलौलीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमे मेलौलीमा राखिएको छ।
मृतक बिष्टलाई स्थानीय भिम भट्टले मोटरसाईकलमा आउने बेला बाटोमा घोप्टीको अवस्थामा फेला पारेका थिए। त्यसपछि उनले प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौली र जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरीको टोलि घटनास्थल पुगेको थियो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
Dhnagadhi & Krishanapur